News 24 Television
भिटामिन ए क्याप्सुलसँगै प्राकृतिक भिटामिनमा जोड

काठमाडौं । सरकारले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आजबाट संचालनमा ल्याएको छ । 

बालबालिकालाई भिटामिन ‘ए’ को कमि हुन नदिन भन्दै वैशाख ६ गते र ७ गते ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम संचालनमा ल्याएको हो । 

भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने लक्ष्य राखिएको छ । 

सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न भन्दै २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । 

सोहि समयदेखि आजसम्म हरेक वर्ष भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदै आएको छ । 

यो वर्ष पनि सरकारले बैशाख ६ र ७  गते ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ संचालमा ल्याएको छ । भिटामिन ए’ कार्यक्रमसंगै नियमित खोप छुटेका बालबालिकाहरुलाई खोप समेत लगाइदै छ ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि सरकारले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी समेत खटाएको छ । 

भिटामिन ‘ए’ को कमीले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले सरकारले संचालनमा ल्याएको भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै प्राकृतकि रुपमा विभिन्न खानेकुरमा पाइने खानपिनमा समेत जोड दिन आवश्यक भएको पोषणविद् औलाउँछन् । 

भिटामिन ए को कमीका कारण रतन्धो हुने सम्भावना उच्च र  आँखाको ज्योति समेत गुम्न सक्छ । यसैगरी, आँखामा सुख्खापन आउने, कपाल रुखो हुने, छाला सुख्खा हुने, रुघाखोकी धेरै लाग्ने, थकान महसुस हुने, निद्रा नलाग्ने, तौल घट्ने तथा निमोनिया हुने जस्ता स्वास्थ्य समस्या देखिने गर्दछ । 

तथ्यांक हेर्ने हो भने विश्वमा करिब ५ लाख भन्दा बढि ५ वर्ष मुनिका बालबिालकामा भिटामिन ए को कमी भएको देखिन्छ । भिटामिन ‘ए’ सबै उमेर समूहलाई आवश्यक भने भएता पनि विशेष गरी बालबालिकाको शारिरिक तथा मानसिक विकास क्रममा समेत असर पार्ने हर्दा बालबालिकालाई यसको आवश्यकता बढि पर्ने गर्दछ । 

यसै विषयलाई मध्यनजर गदै सरकारले वर्षेनी लक्षित समूहका लागि भन्दै ३० लाख भन्दा बढि भिटामिन ‘ए’ को क्याप्सुल आयात गर्ने गरेको छ । 

सरकारले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यम’ हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update