News 24 Television
काठमाडौं महानगरमा निःशुल्क उपचार, अनलाइनबाटै सेवा

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा आएको थिएन । तर, यसलाई कार्यान्वयन गराउन काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी ग¥यो । 

यसका आधारमा अनलाइन प्रणाली विकास ग¥यो । प्रणालीबाट उपचार दिने र पाउने तथा कुन ठाउँमा कसको कसरी उपचार भएको छ ? कुन अस्पतालमा कति शैया छ ? हेर्न सकिन्छ । 

अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै, राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने र हरेक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुने नेपालको संविधानले नागरिकलाई दिएको स्वास्थ्य सम्बन्धी हक कार्यान्वयनमा आएको छ । 

निःशुल्क उपचार सेवा लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) का लागि हो । निःशुल्क उपचार गराउने प्रणालीमा महानगरपालिकाभित्र ५२ वटा अस्पताल आवद्ध भएका छन् । यसमा ३ सय ७४ शैया निःशुल्क उपचारका लागि उपलब्ध छन् । 

यसलाई थप सहजीकरण गर्न महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा निर्देशक समितिको गठन गरिएको छ । 

निःशुल्क स्वास्थ्य उपचार सेवा लिने विधि 

–    गरिवी परिचय पत्र भएका विरामीहरूले सोझै अस्पताल गई उपचार सेवा लिन सकिने 

–    यदि गरिवी परिचय पत्र छैन भने विरामीहरूले कार्यविधिको अनुसूची २ बमोजिमको निवेदन र आर्थिक अवस्था खुल्ने अनुसूची ५ बमोजिमको फाराम भरी सम्बन्धित वडा कार्यालयमा दिने 

–    वडा कार्यालयबाट दिइने अनुसूची ४ बमोजिमको सर्जमिन र अनुसूची ३ अनुसारको सिफारिस पत्र लिई अस्पतालमा जाने 

–    यदि विरामीलाई उपचारका लागि कुन अस्पताल जाने अन्योल भएमा सम्बन्धित वडाको सिफारिस पत्र लिई काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको निःशुल्क उपचार सहजीकरण एकाइमा सम्पर्क गर्ने 

–    वेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिने 

काठमाडौं महानगरका अनुसार हालसम्म २ जना वेवारिसे र ३१ जना विपन्न गरी ३३ जना विरामीले महानगरका रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन् । 

उपचारका लागि लागेको प्रतिव्यक्ति खर्च हेर्दा सबैभन्दा कम खर्च आँखाको उपचारका लागि २ हजार ५ सय रुपैयाँ भएको थियो ।

धेरै खर्च लागेको उपचार २ लाख ७४ हजार रुपैयाँ बराबरको छ । यो खर्च अस्पतालहरुले व्यहोरेका छन् । विरामीहरूले सेवा लिने प्रक्रिया तथा कागजात सम्बन्धि विवरण, कुन अस्पतालमा कुन सेवा, उपचारका लागि शैया खाली छ कि छैनलगातयतका अन्य विवरण डब्लूडब्लूडब्लू डट फ्रिहेल्थ डट कठमाडौं डट जिओभी डट एनपीमा हेर्न सकिन्छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update