News 24 Television
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित 

काठमाडौं । इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमका परियोजना अधिकृत राम बहादुर बोगटी दोसल्ला, सम्मानपत्र र नगद रकमसहित सम्मानित भएका छन्।

इम्प्याक्ट नेपालले आज आफ्नो २८ औं वार्षिक साधारण सभामा प्रशासन क्षेत्रको उत्कृष्ट कर्मचारीको रूपमा  प्रोजेक्ट अधिकृत बोगटीलाई सम्मान गरेको हो। विभिन्न समाजिक संघसंस्था र समाजसेवामा आबद्ध बोगटी विगत ५ वर्षदेखी इम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायिक कान उपचार केन्द्र अत्तरिया शाखामा २ वर्ष लेखापाल हुँदै हाल प्रोजेक्ट अधिकृतका रुपमा कार्यरत छन्।

काठमाडौंको धुम्बाराहीस्थित रोयल छाप्रो रेस्ट्रो एन्ड इभेन्टमा सम्पन्न उक्त साधारणसभामा कानको घुम्ती शल्यक्रिया शिविरमा योगदान पुर्याउने त्रिभुवन शिक्षण अस्पताल काठमाडौका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. हिमपाली दत्त, इम्प्याक्ट नेपाल रुङटा वेलफेयर कान उपचार केन्द्रका कान सहायक आयुश बर्मा र इम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र, राजविराजका अडियोमेट्रीसियन नरेश कुमार यादव पनि नगद रकमसहित दोसल्ला र सम्मानपत्रबाट सम्मानित भएका छन्।

samman-1713678803.jpg
 

बि.स २०५० सालमा समाजसेवी  डा. लक्ष्मीनारायण श्रीवास्तव संस्थापक अध्यक्ष रही स्थापना गरिएको यस संस्थाले अपांगता रोकथाममा समर्पित रहेर काम गरिरहेकाे छ । साथै देशका विभिन्न क्षेत्रमा कान उपचार केन्द्रहरु संचालन, सुरक्षित मातृत्व कार्यक्रम, शुद्ध पिउने पानी, किचेन गार्डेन, धुवाँरहित चुलो, स्वास्थ्यसम्बन्धी तालिम तथा विभिन्न जिबिकोपार्जन सम्बन्धी तालिमसमेत सन्चालन गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष प्रा. डा. राकेश श्रीवास्तवकाे अध्यक्षतामा र विश्व स्वास्थ्य संगठनका पुर्व सल्लाहकार तथा वरिष्ठ  समाजसेवी प्रा. डा. मदन प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारणसभामा देशभरका शाखाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सुदूरपश्चिममा हाल अत्तरिया र महेन्द्रनगर गरी दुई ठाउँ कान उपचार केन्द्र संचालनमा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update