News 24 Television
तराईमा तातो हावा चल्यो, काठमाडौमा पनि ‘लू’ को जोखिम  

काठमाडौँ । विगत केही दिनदेखि गर्मी अत्यधिक मात्रामा बढेको छ । विशेष गरी तराई क्षेत्रमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । जसका कारण तातो हावा ‘लू’को जोखिम तराई क्षेत्रमा बढि देखिएको छ । अझै केही दिन पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाले गर्मीबाट बच्न विषेश सावधानी अपनाउनुपर्ने देखिएको छ ।
 
विगत एक हप्तायता देशभरको तापक्रममा वृद्धि भएको छ । तापक्रम बढेसंगै काठमाडौं उपत्यका पनि गर्मी बढ्नुका साथै तातो हावा समेत चल्न थालेको छ । नेपालको विशेष गरी तराई क्षेत्र धनगढी नेपालगञ्ज, भैरहवा, सिमरा जनकपुर लगायत स्थानको तापक्रम  ४० डिग्री सेल्सियस मापन गरिएको छ । साथै आगामी केहि दिन तापक्रम बढ्न सक्ने देखिएको छ । 

अध्याधिक तापक्रम बढ्नाले तराईका विभिन्न ठाउँमा तातो हावा चलेर ’लु’ को जोखिम समेत बढाएको छ । सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लू’ चलेको मानिन्छ । 

गर्मी अध्याधिक बढ्न थालेसंगै तराई क्षेत्रमा यति बेला तापक्रम ह्वात्तै बढेको छ । योसँगै तातो हावा अर्थात लू समेत चलिरहेको छ । लू एक किसिमको तातो हावाको प्रणाली पनि हो । तातो हावा अर्थात लू ले स्वास्थ्यमा असर समेत पार्ने गर्दछ । लू लागेमा श्वासप्रश्वासमा समस्या हुने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, बेहोस हुने, ज्वरो आउने जस्ता लक्षण देखा पर्छन । अध्याधिक गर्मीले स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने भए पनि यसको न्यूनिकरणका लािग सरकारले चासो नदिएको विज्ञहरुले औंलाएका छन् । 

गर्मीका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । तराई मधेसका जिल्लाहरुमा मात्र होइन, काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्दो क्रममा छ । विशेष गरी गर्मी मौसममा तराई क्षेत्रमा लू को जोखिम बढेकाले लू को प्रभावबाट बच्नु पर्ने देखिन्छ । लू चलेको बेला सकेसम्म घरबाट बाहिर ननिस्कन तथा निस्कनै परेमा पूरा बाहुला भएको कपडा लगाएर वा छाता लिएर मात्र निस्कनुपर्ने विज्ञको सुझाव छ । यो बेला अध्ययधिक गर्मी हुने भएकाले पसिनाबाट धेरै पानी बग्ने भएका कारण अन्य समय भन्दा बढि पानी पिउन पनि चिकित्सकले सुझाएका छन् । साथै फलफूलको वा फलफूलको जूसको सेवनले लू का लागि फाइदा जनक हुने चिकित्सकको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update