News 24 Television
युवेश सुहाङको ‘मायालु’ बोलको नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । गायक युवेश सुहाङको  ‘मायालु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । युवेशकै शब्द तथा संगीत रहेको उक्त गीतको म्यूजिक भिडियो 'युवेश सुहाङ' नामक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । 

म्युजिक भिडियोमा तारा लिङ्देन र युवेश सुहाङकै अभिनय देख्न सकिन्छ । उक्त भिडियो रञ्जित तामाङ र युवेश सुहाङकै परिकल्पनामा निर्माण भएको हो । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update