News 24 Television
देशभरका विपन्नलाई काठमाडौँमा निःशुल्क उपचार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले देशभरका जुनसुकै पालिकाका गरिब तथा असहायको निशुल्क उपचार गर्ने भएको छ । सबै नागरिकमा स्वास्थ्य उपचारको पहुँच पुर्याउन भन्दै स्वास्थ्य उपचार सेवालाई काठमाडौं महानगरले प्राथमिकतामा  राख्दै आएको छ । यसै अन्र्तगत देशभरका नागरिकलाई निःशुल्क उपचार दिने योजना कार्यान्वयनमा ल्याउन लागिएको हो । तर, अहिलेकै अवस्थामा के काठमाडौं महानगरको यो कदमले प्रभावकारिता पाउन सक्ने देखिन्छ त ? 

काठमाडौं महानगरले स्वास्थ्य क्षेत्रमा सबैको पहुँचको उद्देश्य राख्दै विभिन्न योजनाहरु कार्यान्वयन गर्दै आएको छ । अहिले महानगरले पुनः नयाँ योजनासहितको सुविधा दिने घोषणा गरेको छ । जुनसुकै पालिकाका गरिव तथा असहायको उपचार काठमाडौँ महानगरले निशुल्क रुपमा गर्ने घोषणा महानगरको छ । लक्षित वर्गले तोकिएका  सम्बन्धित वडाको सिफारिस लिएर आएमा निःशुल्क उपचार सेवा सजिलै पाउँन सक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । 

सर्भसुलभ स्वास्थ्य उपचार सेवाका लागि काठमाडौं महानगरपालकाले सरकार र केन्द्रीय अस्पतालसंग सहकार्य गर्ने, स्वास्थ्य बिमा, देखि, निशुल्क एम्बुलेस सेवा, विपन्न वर्गका विरामीका लागि निजी अस्पतालमा समेत १० प्रतिशत शय्या छुट्उनु पर्ने लगायतका काम महानगरले गर्दै आएको छ । स्वास्थ्य सेवाको पहुँच सबै नागरिकमा पुग्न सकोस् भन्दै महानगरले नयाँनयाँ योजना बनाउने मात्र नभएर त्यसलाई कार्यनवयमा ल्याउन पहलकदमी काममा समेत जुटेको देखिन्छ । 

यस्तै कामलाई निरन्तरता दिँदै महानगरले महानगर भित्र नभपर्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मा समेत काठमाडौं महानगरले जनाएको छ । जसका लागि ४३ अस्पतालमा ३ सय २३ शय्याबाट बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार गर्ने महानगरको योजना पनि छ । तर यो योजना प्रशंसनीय भए पनि त्यति व्यवहारिक नहुने तथा लामो दुरीका बिरामीलाई यो योजनाले समेट्न नसक्ने कतिपयको तर्क छ । 

काठमाडौमा निशुल्क उपचार गर्ने भएता पनि उपचार गर्ने अस्पताल सम्म आउन लाग्ने खर्च तथा उपचार अवधिभर बिरामी कुरुवालाई खान बस्न लागयतका लागि लाग्ने खर्च पनि उस्तै भएकाले महानगरले दिएको स्वास्थ्य सेवा लक्षित वर्गले उपभोग गर्न कठिन हुने पूर्व स्वास्थ्य सचिव डाक्टर बाबुराम मरासिनीको बुझाइ छ । साथै महानगरले आफ्नो स्वास्थ्य सेवा लक्षित वर्गलाई पु¥याउँने हो भने निशुल्क खान बस्ने व्यवस्था गर्न सके योजना प्रभावकारी बनाउन सकिने उनको सुझाव छ । 

आधारभूत स्वास्थ्य सेवा आम नागरिकको नैसर्गिक अधिकारका रुपमा राखिए पनि त्यसको प्रत्याभूति निकै कमले मात्र गर्न पाएका छन् । जसलाई सर्वसुलभ रुपमा नागरिकको पहुँच सम्म पु¥याउन महानगरले गरेको प्रयास प्रसंसनीय नै छ । तर निशुल्क स्वास्थ्य उचार सेवामा आकर्षण गर्न तथा योजनामा धेरै भन्दा धेरै विपन्न वर्गलाई सम्मेट्न  केहि सुधारात्मक बाटो महानगरले अपनाउन आवश्यक समेत देखिन्छ ।  


 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update