News 24 Television
कोरोना खोपबाट नयाँ रोगको खतरा !

काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप एस्ट्राजेनिकाको केहि साइड इफेक्ट देखिएको तथ्य बाहिर आएको छ । कोरोना संक्रमण विरुद्ध नेपालसहित विश्वभर प्रयोगमा आएको खोप एस्ट्राजेनिकाले स्वास्थ्यमा नकारात्मक असर गर्ने तथ्य बाहिर आएपछि नेपालमा पनि चिन्ता बढाएको छ । नेपालमा एस्ट्राजेनिका खोप लगाएकालाई अहिलेसम्म कुनै असर देखिएको छैन । तर जोखिमलाई मध्यनजर गर्दै खोप लगाउनेमा कुनै समस्या छ वा छैन भन्ने अध्ययनमा स्वास्थ्य मन्त्रालय जुटेको छ । 

चीनको युहानमा पहिलो पटक देखिएको कोरोना भाइसरका लागि कुनै खोप तथा औषधी नबन्दा खोप तथा औषधी बन्नु र लाउन पाउनु नै जीवन रक्षा मानिएको थियो । नयाँ भाइरस भएकाले खोपको खोजी र खोप बन्नु र लगाउन पाउनु सबैको पहिलो प्राथमिकतामा प¥यो । तर अहिले कोरोना विरुद्ध बनेको एस्ट्राजेनिकाको खोप लगाउनेमा असर देखिएको तथ्य बाहिर आएसँगै थप चासो र चिन्ता बढाएको छ । 

अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको उक्त खोप लामो समयदेखि प्रयोगमा छ । तर पछिल्लो समय केहि व्यतिmमा खोपले दुर्लभ असर गरेको तथ्य बाहिएसंगै एस्ट्राजेनेकाले विश्वभरबाट आफ्नो कोभिड १९ बिरुद्धको भ्याक्सिनमा रोक लगाउने भएको छ । कोरोना संक्रमणकालमा नेपालले पनि उतm खोप प्रयोगमा ल्याएको थियो । नेपालमा करिब १३ लाख मानिसले उक्त खोप लगाएको मन्त्रालयको तथ्यांक छ । नेपालमा खोप लगाएका मानिसमा अहिलेसम्म कुनै असर नदेखिएको छैन । तर नेपालमा पनि खोपको असर देखिएको छ वा छैन भन्ने विषयमा मन्त्रालयले अनुसन्धान गर्ने बताएको छ । 

एस्ट्राजेनेकाले सन् २०२० नोभेम्बरमा कोरोनाविरुद्धको खोप ल्याएको थियो । जुन खोप अरु भन्दा सस्तो र भण्डारण गर्न सजिलो समेत थियो । तर पछिल्लो समय उक्त खोपका कारण मृत्यु भएको र धेरैमा गम्भीर असर देखिएको भन्दै बेलायतको एउटा अदालतमा मुद्दा पुगेको थियो । त्यही मुद्दाका क्रममा एस्ट्राजेनेकाले बुझाएको दस्तावेजमा उक्त खोपका कारण केही मानिसमा असामान्य असर देखिएको स्वीकारेको थियो । एस्ट्राजेनिकाको खोप पहिलो पटक बेलयतमा दिइएको हो । यो खोपले टीटीएसको थ्रोम्बोसिस विद थ्रोम्बो साइटोपेनिया सिन्ड्रोम हुने बताएको छ । थ्रम्बोसिस भन्नाले रगत जम्ने वा थ्रम्बोसाइटोपेनिया भनिने प्लेटलेट्सको संख्या घट्ने स्वास्थ्य अवस्था हो । तर खोपले सबैलाई असर नगर्ने भएकाले केहिमा देखिएको यस्ता असरलाई लिएर चिन्ता गर्नु पर्ने स्वास्थ्य मन्त्रालयको भनाई छ । 

एस्ट्राजेनेकाले कोरोना माहामारीको पहिलो वर्ष मात्र ६० हजार भन्दाबढी मानिसको ज्यान बचाएको तथ्यहरु समेत बाहिर आएको छ । यो खोपलाई सन् २०२२ मा विश्व स्वास्थ्य सङ्गठनले १८ वर्ष र त्यो भन्दा माथिको उमेर समूहका मानिसहरूका लागि सुरक्षित र प्रभावकारी रहेको बताएको थियो । स्वास्थ्य मन्त्रालयले नेपालले चिन्ता गर्नु नपर्ने बताए पछि यसको गम्भीर्यतालाई भने भुल्नु हुँदैन । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update