News 24 Television
२०८० को ‘वानीरा पुरस्कार’ लोहनी, श्रेष्ठ र तुलाधरलाई

काठमाडौं । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्याएका प्रा.पुष्कर लोहनीलाई २०८० सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिएको छ । 

वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा एक समारोहकाबीच डा. लोहनीलाई पुरस्कार प्रदान गरे । 

समारोहमा इन्जिनियर गिरीले नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्यभूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गरे।

नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

warani-2-1715487723.jpg
सोही समारोहमा इन्जिनियर गिरीले कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत श्रीमती अनिता तुलाधरलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गरे । 

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो ।

इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो । 

डा।वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको थियो । श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु प्रा।पुष्कर लोहनी, नाट्यभूषण मदनदास श्रेष्ठ, अनिता तुलाधर तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरि, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update