News 24 Television
नेपालमा चुरोट र सुर्ती सेवन उच्च, बढ्दै नयाँ–नयाँ खतरा 

काठमाडौं । मानव स्वास्थ्यका लागि धूम्रपान र सुर्तीजन्य पर्दाथ हानीकारक हुन्छ भन्ने प्राय सबैलाई थाहा नै छ । तर, पनि धूम्रपान सेवनमा भने कमी आएको अवस्था छैन । सरकारले सुर्तीजन्य पर्दाथको सेवन नियन्त्रण तथा रोकथामका गर्न ऐन बनाउनेदेखि विक्रि वितरणमा रोक लगाउने जस्ता काम नगरेको पनि होइन । तर, पनि सुर्तीजन्य पर्दाथ सेवनमा कमी नआउनुले चिन्ताजनक अवस्था दर्शाएको छ भने सरकारी तवरबाट भएका प्रयासको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ । 

सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढेसँगै यसले स्वास्थ्य क्षेत्रमा ल्याउन सक्ने जोखिम जटिल हुने अवस्था देखिएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको अध्ययन अनुसार नेपालमा ३४ दशमलव  एक प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेकोे छन् । जसमा १० दशमलव ७ प्रतिशतले धूवाँवाला पदार्थको सेवन तथा १८ दशमलव ९ प्रतिशतले धूवाँरहित पदार्थको सेवन गर्ने गरेका छन् ।  साथै दुवै पदार्थ सेवन गर्नेको संख्या ४ दशमलव ५ प्रतिशत छ । यसैगरी यसरी धुम्रपान गर्नेहरु मध्ये पनि कम उमेर समूहका व्यतिmले महंगो किसीमका चुरोट सेवन गर्ने गरेको देखिन्छ । चुरोट सेवन गर्नेको संख्या बढेसँगै यसले फोक्सोको क्यानसरको जोखिम उच्च बनाउँदै लगेको छ ।

चिकित्सकहरुका अनुसार फोक्सोको क्यान्सर पुरुषको तुलनामा महिलामा बढि हुने गर्दछ । यसरी चुरोट सेवन गर्नेहरु मध्ये पुरुषमा २५ गुणा र महिलामा २५ दशमलव ७ गुणा बढिले फोक्सोको क्यानसर हुने जोखिम हुने गर्दछ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीका अनुसार फोक्सोको क्यान्सर लागेर मृत्यु हुने १० जना मध्ये ९ जना चुरोट सेवनबाट भएको देखिन्छ । चुरोट सेवन गर्ने व्यतिmले आफुलाई मात्र नभएर आफ्नो छेउछाउमा बस्ने व्यतिmलाई समेत असर पारिरहेका हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार  अरुले गरेको धूमपानको असरले विश्वमा हरेक वर्ष १० लाखन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । 

धु्रम्रपान सेवनका असरहरु 

  •  जीवनभर धूम्रपान गर्नेहरूको जीवन आयु औषतमा १० वर्ष छोटो हुन्छ 
  •  चुरोटको प्रत्येक सर्कोसँगै टक्सिन र कार्सिनोजेनहरू शरीरमा प्रवेश गर्दा क्यान्सरको जोखिम उच्च 
  •  धूम्रपान गर्नेहरूमा मधुमेह हुने जोखिम उच्च 
  •  धूम्रपान डिमेन्सियाको प्रमुख कारक तत्व 
  •  विश्वभर १४ प्रतिशत अल्जाइमर्स हुनुको कारण धूमपान सेवन 
  •  धुम्रपान सेवनले मुटु, रक्तनली र रक्तकोषहरुमा क्षतिको जोखिम 
  •  चुरोटमा हुने केमिकल र टारले धमनीमा कडापन हुने जोखिम उच्च ।

सुर्तीजन्य पर्दाथ नियन्त्रण र नियमन गर्ने भन्दै २०६८ मा ऐन नै जारी गरिएको छ । ऐन अनुसार कुनै पनि सार्वजनिक स्थलको १ सय मिटर वरपर सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । साथै सुर्तीजन्य पर्दाथको प्याकेटको बाहिर पट्टी देखिने भागमा कम्तीमा ७५ प्रतिशत भागमा यसले पार्ने असरका बारेमा चेतनामूलक सन्देश प्रष्ट बुझिने भाषामा हुनुपर्ने लगायत नीति नियम छ । 

सरकारले सुर्तिजन्य पर्दाथ सेवन रोकथाम र नियन्त्रणका लागि भन्दै हरेक वर्ष सुर्तिजन्य पर्दाथको कर वृद्धि समेत गर्ने गरेको छ । तर पनि आम नागरिकमा यस्ता वस्तुको लतका कारण सेवन कर्ता घट्न सकेका  छैनन् । 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update