News 24 Television
नेपाल भाषाको गीत 'सलिंचाय्' को म्युजिक भिडियो सार्वजनिक

काठमाडाैँ । सिथि नखःको अवसरमा मगन इन्टरटेनमेन्टको निर्माणमा नेपाल भाषाको गीत “सलिंचाय्” को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर. मानन्धरको रचना, दिनेश श्रेष्ठको संगित संयोजन तथा सतिश महर्जनको संगित एबम् गायनमा तयार भएको म्युजिक भिडियोको निर्देशन रजिन महर्जनले गरेका हुन् ।

बिज्ञापन तथा मेडलिङ्गमा ब्यस्त राष्ट्रिका शाक्यको मुख्य भुमिका रहेको भिडियोमा स्वयम् निर्देशक रजिन महर्जनले पनि मुख्य भुमिकामा अभिनय गरेका हुन् । केहि समय अगाडी मात्र रिलिज भएको नेपाल भाषाकै गीत छंगु म्हगः गुलि बाँलाको दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको “सलिंचाय्” को छायांकन निरज महर्जनले गरेका हुन् भने सम्पादन रजिन महर्जनकै रहेको छ ।

गीतलाई कीर्तिपुरको लायकुमा छायांकन गरिएको हो भने यसमा बिक्रम महर्जनको कला निर्देशन, राज महर्जनको सहायक निर्देशन हो भने यसलाई संजिव रत्न शाक्यले कलर करेक्शन गरेका हुन् । गीत मगन इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update