News 24 Television
अब्यवस्थित सरकारी अस्पताल, विरामीलाई झमेलै झमेला 

काठमाडौं । काठमाडौं उपत्यकामा २१ वटा सरकारी अस्पतालहरु रहेका छन् । तर सरकारी अस्पतालहरुमा विरामीले सहजै उपचार सेवा पाउन भने मुस्किल छ । 

अधिकांश सरकारी अस्पतालमा उपचारका लागि अस्पताल पुग्ने विरामीले पाइलै पिच्छे विभिन्न समस्या सामाना गर्नुपर्छ । 

चेकजाँच गर्न टिकट काट्न घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता मात्र नभएर आकस्मिक कक्षमा उपचार गराउनुपर्ने बिरामीले समेत शैया अभावमा भूईमा बसेर उपचार गर्नुपर्ने बाध्यता छ । आखिर किन असहज भइरहेको छ सरकारी अस्पतालमा सेवा ? 

काठमाडौं उपत्याकाभित्र सञ्चालनमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतका ठूला अस्पतालमा विरामीको चाप सधैं उस्तै देखिन्छ । 

यसैगरी, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पतालको पनि अवस्था उस्तै छ । 

सधै बिरामीको घुइचो रहने यी अस्पतालहरु आर्थिक अवस्था कमजोर भएका नागरिकको पहिलो प्राथमितामा पर्ने गर्छन्् । तर दुरदराजबाट स्वास्थ्य उपचार सेवा लिन आउँने विरामीको भरोसायोग्य यी सरकारी अस्पतालको अवस्था भने निकै अस्तव्यस्त देखिन्छन् ।

टिकट काट्न लामो लाइन, एउटै शय्यामा ३ जना बिरामी तथा श्य्या नपाएर भूइँमा नै उपचार गर्नुपर्ने तथा शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्ने लगायतका अनेकन समस्या झल्नु पर्छ बिरामीले । 

यहि अवस्थालाई उजागर गदै सबै नागरिकले सहज स्वास्थ्य उपचार पाउनुपर्ने सांसदहरुले माग गरेका छन् । 

स्वास्थ्य सेवा मंहगो भएका कारण यसको सहजका लागि स्वास्थ्य बीमाको व्यवस्था सरकारले गरेको छ । तर स्वास्थ्य बीमामा देखिएका विभिन्न समस्याका कारण बीमीतहरुले पनि अनेकन समस्या भोग्नुपरेको तथ्य बाहिर आउने गरेको छ । 

वीमा गरेका विरामीहरुलाई अस्पतालहरुले दोस्रो दर्जाको नागरिक सरह ब्यवहार गरेको गुनासो सांसदहरुकै छ । 

खासगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले प्राथमिक्ताका साथ काम गर्नुपर्ने थियो । तर नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा नै बेथिति व्याप्त छ । 

नेपालको संविधानमा नै नागरिकलाई शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको छ । तर सबै नागरिकले समान रुपमा स्वास्थ्य उपचार भने पाएको देखिदैन ।

आर्थिक अवस्था बलियो हुने र हुनेखानेहरु निजी अस्पतलमा उपचारमा जान्छन् भने आर्थिक अवस्था कम्जोर भएका नागरिकको रोजाइमा  सरकारी अस्पताल नै हुने गर्दछ । तर सरकारी अस्पताल र निजी अस्पतालमा सेवा लिए बापत खर्चिनु पर्ने शुल्क विचको खाडल पुर्न नसक्दा तथा सरकारी अस्पताललाई व्यवस्थित बनाउन नसक्दा सरकारी अस्पतालको सेवा प्रवाहमा नै समस्या उत्पन्न हुने गरेको छ । 

यस विषयमा सरकारको नजर पुग्नुपर्ने मात्र हैन यो विषयलाई गम्भिरता पूर्वक समाधान गर्न समेत आश्यक छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update