News 24 Television
म्याक्स अस्पतालको न्यूरो सर्जरी सम्बन्धि सेमिनार सम्पन्न

काठमाडौं । काठमाडौंमा आयोजना  गरिएको म्याक्स अस्पताल दिल्लीको न्यूरो सर्जरी सम्बन्धी एक दिने सेमिनार बिशेष आकर्षण बनेको छ।

उक्त कार्यक्रममा म्याक्स अस्पतालका न्यूरो सर्जरी विभागका निर्देशक प्रा.डा. सुमित सिन्हा र डा. रजनीश कुमारले मुख्य लेक्चर दिएका थिए । 

उनीहरुले आफ्नो विशेषज्ञता र अनुभवलाई चर्चा  गर्दै न्यूरो सर्जरीको नवीनतम प्रवृत्तिहरूको बारेमा छलफल गरेका थिए। न्यूरो सर्जरीमा रोबोटिक सर्जरी कसरि गर्न सकिन्छ ? बिरामीहरुलाई कसरि फाइदाजनक छ भन्ने बिषयमा पनि छलफल भएको थियो ।

त्यस्तै, ओम अस्पतालका न्यूरो सर्जन प्रा.डा. पवन सुल्तानिया, काठमाडौँ मेडिकल कलेजका न्यूरो सर्जन प्रा.डा. अमित थापा, र बिराटनगर स्थित न्यूरो कार्डियो मल्टीस्पेशलिटी अस्पतालका न्यूरो सर्जन प्रा.डा. यम बहादुर रोक्का पनि आफ्ना लेक्चर दिएका थिए। 

max-hospital-final-1719816080.JPG
यस उपलक्ष्यमा, बिराटनगर स्थित न्यूरो कार्डियो मल्टीस्पेशलिटी अस्पतालका न्यूरो सर्जन र नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष डा. यम बहादुर रोक्काले न्यूरो सर्जरीमा नयाँ प्रवृत्तिहरूको महत्त्वपूर्ण भूमिकाको बारेमा बहस गरेका थिए । 

यस बहसमा, डाक्टर अमित थापाले न्यूरो सर्जरीमा रोबोटिक सर्जरीको प्रयोग, तत्कालिक चुनौतीहरू, तथ्यांक र संभावित फाइदाहरूको बारेमा चर्चा गरेका थिए। 

यस बाट नेपालको न्यूरो सर्जनीमा एउटा नबिनतम प्रयोगको सुरुवात गर्ने र त्यसलाई कसरि दिर्घकालिन रुपमा अघाडी बढाउने भन्ने छलफल गर्नु भएको थियो  ।

उक्त सेमिनरमा देश  भरिबाट करीब एक सय  जना चिकित्सकहरुको उपस्थिति  रहेको थियो । 

नेपालमा यस्ता कार्यक्रमहरु काठमाडौँ बाहेकका अन्य  सहर  पनि हरेक महिना आयोजना भईरहेको म्याक्स अस्पतालका म्यानेजर सबिन कार्कीले बताए ।

उक्त कार्यक्रम सम्बोधन गर्दै म्याक्स अस्पताल न्यूरो सर्जरी विभागका  निर्देशक प्रा।डा। सुमित सिन्हा आफूहरु यहाँ सिकाउन नभई नेपाल  र इंडिया बिच चिकित्सकहरु बीचको  जून पूरानो   सम्बन्ध छ त्यसलाई थप  प्रगाढ बनाउन आएको बताए ।

नेपालमा यस्ता अन्तर्राष्ट्रिय सेमिनारहरू काठमाडौँमा मात्र नभई नेपालका अन्य सहरहरुमा पनि  आयोजना भइरहेको म्याक्स अस्पतालका म्यानेजर सबिन कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update