News 24 Television
चीनमा एचएमपीभी भाइरस फैलिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमको दाबी !

काठमाडौं । चीनमा पुनः कोभिड नाइन्टीनकै जस्तो लक्षण भएको नयाँ भाइरस मुन मेटान्यूमो एच. एम.पी.भी फैलिएको तथ्य बाहिर आएको छ । यो नयाँ भाइरसले चीनमा बालबालिका बढि प्रभावित भएका छन् । 

चीनमा देखिएको यो भाइरसको सक्रमण फैलदो अवस्था देखिएको तथ्य आएसंगै नेपालमा पनि यसको जोखिम पर्न सक्ने भन्दै सजक रहन विज्ञहरुले औलाएका छन् । 

सन् २०१९ मा पहिलो पटक चीनमा देखिएको कोभिड नाइन्टीनले चीनमा मात्र नभएर सारा विश्वलाई आक्रान्त बनाएको थियो र यसको जोखिम अहिले पनि कायम नै छ । पुनः चीनमा नयाँ एच.एम.पि.भी भाइरसका कारण मानिसहरु बिरामी पर्न थालेको र यसले प्रकोपको रुप लिन थालेको विदेशी संचार माध्यमहरुले जनाएका छन् ।

चीनको रोग नियन्त्रण एवं रोकथाम केन्द्र सीडिसीका अनुसार यसका लक्षणहरू कोभिड नाइन्टीनकै जस्तो खोकी, ज्वरो, नाक बन्द लगायत रहेको छ । एच.एम.पि.भि का कारण साना उमेरका बालबालिका प्रभावित बढि बनाएको तथ्य समेत अहिले बाहिर आएको छ । चीनमा यसले प्रकोपको रुप लिएको भनेर अन्तराष्ट्रिय सञ्चारमाध्यमहरु तथा सामाजिक समाजिक सञ्जालमा प्रचार भएपनि यस विषयमा अझै आधिकारीक रुपमा पुष्टी भने हुन बाँकी छ । 

चीनमा ययो भाइरसको संक्रमण फैलिरहेको भनेर द इकोनोमिक टाइम्सले समेत समाचार प्रकाशन गरेका छ । तर चीनमा भाइरसको प्रकोप बढ्दो भन्ने आशंका गरिएकाले यो विषयलाई नजरअन्दाज गर्न नहुने  संक्रामक रोग विशेषज्ञ डा.  शेर बहादुर पुन बताउँछन् । 
एच.एम.पि.भि भाइरस पहिलो पटक सन् २००१ मा पहिचानमा आएको थियो । 

श्वासप्रश्वास सम्बन्धि समस्या गराउँने यो भाइरस विगत ६ दशकदेखि नै वातावरणमा रहेको समेत बताइन्छ । तर यो भाइरस जाडोमा बढि संक्रिय हुने र यसले आफ्नो स्वरुप परिर्वतन गरेको हुन सक्ने जस्ता अनुमान भइरेहका छन् । 

एच.एम.पि.भिको लक्षण इन्फ्लुएन्जा ए, माइक्रोप्जाज्मा निमोनिया तथा कोभिड नाइन्टीनसँग मिल्दोजुल्दो भएको बताइएको छ । तर यो भाइरस कति खतरनाक छ भन्ने चाँहि पुष्टि भइसकेको छैन । अहिले यो भाइरसका कारण चीनको ताइवान बढि प्रभावित भएको तथ्य बाहिर आइरहेको छ । चीनले यसबारेमा केही नबताएपनि छिमेकी मुलुकमै यस्तो समस्या आएको भनिएपछि सजकता अपनाउनु पर्ने डा. पुनले बताए ।  

अन्तराष्ट्रिय संचार माध्यमहरुले एच.एम.पि.भि भाइरसको असरबाट क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी जस्ता रोगबाट पीडित व्यतिmहरु बढि जोखिममा रहेको बताएका छन् । त्यस्तै स–साना बालबालिका तथा वृद्धवृद्धालाई यो भाइरसको असर बढि देखिएको पनि उल्लेख गरिएको छ ।

कोभिड नाइन्टीन जस्तै खोक्दा र हाछ्युँ गर्दा यो भाइरस सर्ने जोखिम हुने भनिएको छ । भाइरसको प्रभाव गम्भीर भएको अवस्थामा यसले ब्रोंकाइटिस र निमोनिया पनि गराउँन सक्ने बताइएको छ । 

पाँच वर्षअघि चीनमा नै देखापरेको कोभिड नाइन्टीन भाइरस विश्वभर फैलिदाँ सन् २०२० मा विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । अहिले एच.एम.पि.भि भाइरसका विषयमा आधिकारीक रुपमा कुनै जानकारी नआए पनि ढुक्क भएर यसलाई वेवास्ता गर्ने अवस्था भने देखिदैन । 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update