 
                                                                    काठमाडौं । कुनै पनि व्यक्तिलाई मानसिक समस्या वा तनाव छ भने उ उदास र निराश देखिन्छ भन्ने आम सोचाई रहेको छ । तर, कुनै व्यक्ति प्राय सधैं हसिलो र उसले दुःखका कुनै पनि भाव अनुहारमा झल्काउँदैन भने पनि उ मानसिक रोगी हुनसक्छ । चिकित्सकीय भाषामा यस्तो अवस्थालाई स्माइलिंग डिप्रेसन भनिन्छ । स्माइलिंग डिप्रेसनको समग्र पक्ष कस्तो छ त ?
डिप्रेसन भन्ने वित्तिकै कुनै पनि व्यक्ति उदास देखिने, कसैसँग बोल्न मन नलगाउने, निरास भएर बस्ने अवस्थामा रहेको भन्ने बुझाइ अधिकांश मानिसमा छ । तर, यो नै पूर्ण सत्य होइन । यस्तो पनि डिप्रेसन हुन्छ जो व्यतिm तनावको सिकार भएर पनि निकै खुसी देखिने गर्दछन् । तर वास्तवमा उक्त व्यतिm मनबाट नै खुसी नभएर तनावका लुकाउनका लागि मुस्कुराउँने गर्दछन् ।
यस्तो प्रकारको डिप्रेशन भएका व्यतिmले धेरै बोलेर हाँसेर आफ्नो तनावलाई लुकाउँने प्रयास गरिरहेका हुन्छन् । यस्तो किसीमको डिप्रेशनका सिकार भएका व्यतिm भित्र भित्र पीडामा छट्पटाउँने र खालीपन महशुसको गरिरहने मनोचिकित्सकहरु बताउँछन् ।
के–कस्तो हुन्छन् स्माइलिंग डिप्रेसनका लक्षणहरु ?
शारीरिक तथा मानसिक रुपमा निराशपन, उदासी तथा कम उर्जाको महसुस
आफुले गर्ने दैनिक गतिविधिमा आनन्द लिन नसक्नु वा कठिनाई हुनु
थकान महसुस गरिरहनु तथा चिड्चिडापन
सामान्य भन्दा बढी वा कम सुत्नु
आफ्नो जीवन बेकार लाग्नु, हरेक कुरामा आफ्नो गल्ती मात्र महसुस गरिरहनु
मृत्यु वा आत्महत्याको विचार आइरहनु
बाहिरी रुपमा आफ्नो कुनै पनि मनोभावना हाँसेर वा बोलेर लुकाउन खोज्नु
कुनै पनि व्यतिm डिप्रेसनको सिकार त्यतिबेला हुन्छ, जब जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्ने गर्दछ । साथै मानसिक तनाव बढ्द जानु र त्यसलाई व्यवस्थापन गर्न नसक्नुले पनि डिप्रेशन हुन सक्छ ।
चिन्ता र तनावका कारण शरीरमा एड्रिनलीन र कार्टिसोल हार्मोन्सको तह बढ्दै जान्छ । यसरी लगातार तनाव र चिन्ता बढ्दै जादाँ बिस्तारै डिप्रेसनमा परिणत हुने गर्दछ । साथै वंशाणुगत तथा मानिसको स्वभावका कारण पनि डिप्रेशन हुने गर्दछ ।
स्माइलिंग डिप्रेसन समान्य वा परम्परागत डिप्रेशन भन्दा केहि फरक किसिमको हुने बताइन्छ ।
यस्तो खालको डिप्रेसन भएका व्यतिmलाई घरपरिवार तथा साथीभाईले मात्र नभई यस्तो डिप्रेशनमा जुधिरहेको व्यतिmलाई पनि आफुलाई डिपे्रेशन नै भएको हो भन्ने पहिचान गर्न कठिन हुने गर्दछ । तर यस्तो किसीमको डिप्रेसन समयमा पत्ता लागाउन सकियो भने यसको उपचार सहज रुपमा गर्न सकिन्छ ।
यस प्रकारको डिप्रेशनको उपचारमा औषधीको प्रयोग भन्दा पनि बिरामीको विचार, व्यवहार र बानी पहिचान गरी त्यसमा परिर्वन ल्याउँन प्रयास गर्ने गरिन्छ । साथै तनाव कम गर्ने औषधिको प्रयोग, जीवन शैली परिवर्तन, चिकित्सको परामर्श तथा घरपरिवार र साथीभाईको सहयोग लिएर पनि यस्तो समस्या निदान गर्न सकिन्छ ।
 
                                     
                                                                    
 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    