News 24 Television
बझाङमा पुनः भूकम्पको धक्का
ANI_202310080154311696742291_1024

काठमाडौँ । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update