सुजन आङ्देम्बेले फेरि ल्याए सांगीतिक कोसेली ‘बर्णन' (भिडियोसहित)

काठमाडौं । गायक तथा संगितकार सुजन आङ्देम्बेले ‘बर्णन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । सुजनकै शब्द, संगीत र स्वर रहेको गीतको म्युजिक भिडियो 'एसकेआर पिक्चर्स' नामक युट्युवबाट सार्वजनिक गरिएको छ ।
मनोज थापा मगरले संगीत संयोजन गरेको म्युजिक भिडियोमा बिमला खजुम र शन्त राईको अभिनय रहेको छ । मकवानपुरको कुलेखानी, फर्पिङका साथै काठमाडौको विभिन्न स्थानका दृष्य समेटिएको म्युजिक भिडियोको छायांकन तथा सम्पादन इसाक जबेगुले गरेका छन् ।
(भिडियो)
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१ १५:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय