News 24 Television
गणतन्त्र भर्सेस राजतन्त्रः कसका दाउ के ?

काठमाडौं । राजतन्त्र पुर्नस्थापनाको माग राख्दै आन्दोलन होमिएका राजावादीलाई काउण्टर दिन माओवादी केन्द्रको नेतृत्वमा साना वाम घटकहरु आन्दोलनको तयारीमा छन् । सत्ताको नेतृत्व गरिरहेको अर्के वामपन्थी दल नेकपा एमाले र लोकतान्त्रिक दल नेपाली कांग्रेसले पनि गणतन्त्रको विकल्प नरहेको तर्क गर्दै आएका छन् । तर गणतन्त्र स्थापना पछि पनि मुलुकको अवस्था परिवर्तन नहुदाँ पछिल्लो समय राजसंस्था पुनःस्थापनाको मुद्धा चर्र्र्काे बनेको छ । 

पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहालाई काठमाडौंमा गरिएको भव्य स्वागतको दृष्यले गणतन्त्रवादी दलहरुमा तनाव सिर्जना भएको छ । राजवादीहरुको बढ्दो सक्रियता र प्रदर्शनकै कारण देखाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीकै कार्यक्रम छाडेर काठमाडौं आए । 

त्यसपछि बसेको समाजवादी मोर्चाको बैठकले मोर्चालाई सक्रिय बनाउँदै चैत्र १५ गते राजावादीविरुद्धमा काउण्टर आन्दोलन गर्ने निर्णय नै ग¥यो । उता सत्तारुढ दल  नेकपा एमाले र नेपाली कांग्रेसले पनि गणतन्त्रको बिकल्प राजसंस्था नभएको भन्दै राजतन्त्र स्थापना हुन नसक्ने भनिरहेका छन् । यद्यपी कांग्रेस एमालेले औपचारिक कार्यक्र नै घोषणा नगरेपनि समाजवादी मोर्चाले भने गणतन्त्रको पक्षमा प्रदर्शन नै गर्ने तयारी गरिरहेको छ । वर्तमान अवस्था सृजना हुनु सत्तारुढ दलको कदम र कार्यशैली नै भएको माओवादी केन्द्रको आरोप छ । 

गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने भन्दै कांग्रेस एमालेले पूर्वराजालाई आँखा नझिम्क्याउन चेतावनी दिइरहेका छन् । 

राजतन्त्रको पक्षमा देखिएको प्रदर्शन र राजावादी समूहको सक्रियतामा समाजवादी मोर्चाले समेत सक्रियतटा देखाएको छ । समाजवादी मोर्चामा रहेको दल विप्लव नेतृत्वको नेकपाले समेत प्रतिवाद गर्नुपर्ने भनिरहेको छ।

पूर्वराजा ज्ञानेन्द्रले पहिलेदेखि नै दल, गणतन्त्र र समग्र प्रणालीमाथि प्रश्न गर्दै आएका छन् । उनले प्रजातन्त्र दिवसको शुभकामना सन्देश दिदा श्रीपेच मोह प्रष्ट देखाएपछि भने स्थिति फेरिएको छ । राजावादी शक्ति र समूह हौसिएका छन भने अब राजालाई गद्दीमा आउनबाट कसैले रोक्न नसक्ने भनिरहेका छन् । तर, गणतन्त्रवादी दलहरुको सक्रियता भने बढेको छ । यता, नागरिक समाजले समेत विरोध जनाउदै यस्ता गतिविधिविरुद्ध सक्रिय बन्न गणतन्त्रवादीहरुमा अपिल गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update