News 24 Television
रास्वपाको आरोपमा कांग्रेस नेताको प्रतिवाद, के–के तथ्य खुलाए ?

काठमाडौं । कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको भन्दै संसदमा जोडतोडले आवाज उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि विश्वासको संकट आउने त होइन ? शंका गर्न थालिएको छ । रास्वपाले संसदमा दाबी गरेअनुसारको जग्गाको स्वामित्व आरोपित व्यक्तिको नाममा नहुनु र व्यवस्थित प्रतिरोधपछि यो विषयको तनाव लम्बिने संकेत देखिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाए । उनीहरुले सञ्चारमाध्ययमा समाचार आएको, स्थानीयले गुनासो गरेको लगायतका तथ्य टेकेका थिए । जुन तथ्य त्यहि दिन नै खण्डित बन्न पुगेको थियो । रास्वपाले दाबी गरेका जग्गाको कित्ता नम्बरअनुसारको स्वामित्व भने देखिएको थिएन् । तर, रास्वपाले भने चर्को आरोप लगायो ।

रास्वपाले यस्तो आरोप लगाएपछि कांग्रेसले प्रतिनिधिसभामै विरोध जनायो । सभामुखको अपिलपछि संसद त चल्यो । तर, संसदबाहिर समेत रास्वपाले यहि आरोपलाई जोड दियो । 

रास्वपाको आरोपलाई कांग्रेसले भने खण्डन ग¥यो । विरोध गर्दै कानूनी राज्यको पालना गर्दा दोषी देखिए स्वभाविक कारबाही हुनुपर्ने तर, अनावश्यक आरोप लगाउन नहुने भनेको थियो ।

यसरी आरोप लाग्नेक्रम नरोकिएपछि कांग्रेस नेता डा. केदारनरसिंह केसीले पत्रकार सम्मेलन नै गरेर रास्वपाको आरोपको खण्डन गरेका छन् । उनले सार्वजनिक जग्गा मिच्ने काम नगरेको मात्रै भनेका छैनन्, कानूनी कारबाहीको चेतावनी समेत दिएका छन् । 

केसीले जग्गा विवादको फेहरिस्त समेत खुलाए । यो कार्यक्रममा उनले स्थानीय नेता कार्यकर्तादेखि अगुवालाई समेत भेला पारेको देखिन्छ । तर, केसीले रास्वको आरोपमा सशक्त प्रतिवाद गर्दै कित्ता सट्टापट्टा गरेको भनेका छन् ।

रास्वपाले लगाएको आरोपमै त्रुटी र राजनीतिक प्रतिशोध देखिएको कांग्रेसले बताउने गरेको छ । कांग्रेसले यो दाबी गर्ने ठाउँ पाउनुको कारण हो, रास्वपाका नेताहरुले दाबी गरेको जग्गाको स्वामित्व नेपाल सरकारको नाममा कायम हुनु ।

त्यो जग्गा कहिले सरकारको नाममा आयो ? के पहिलेदेखि नै यो विषयमा विवाद थिएन् ? तमाम प्रश्नको जवाफ सार्वजनिक नहुन्जेलसम्म रास्वपाले लगाएको आरोपमा कांग्रेस नेता केसी नै हाबी हुने देखिन्छ । तर, केसी आफैले गरेको भनेको कित्ता साटफेर कसरी सम्भव भयो ? के जग्गा साटफेरको निर्णय सरकारको चाहनामा भयो ? त्यसमा उनले आफ्नो राजनीतिक शक्ति प्रयोग गरेनन् ? तमाम प्रश्नको जवाफ दिन नसक्ने स्थिति बन्ने देखिएमा मात्रै पनि यो विषयको विवादमा केसी नै बलिया देखिने स्थिति बनेको छ । तर, जग्गा साटफेरेखि अन्य विषयको फेहरिस्त सार्वजनिक हुँदा यसको तथ्य अर्कै पनि आउनसक्ने चर्चा समेत चलिरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update