News 24 Television
एमालेको सचिवालय बैठक सोमबार बस्दै

काठमाडौँ ।  विभिन्न राजनीतिक घटनाक्रम बढ्दै गएपछि सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार साढे ११ बजे एमालेकाे  केन्द्रीय कार्यालय, च्यासलमा बस्नेगरी बोलाइएको हो । 

बैठकका एजेण्डा समसामयिक घटनाक्रमबारे समीक्षा एवं छलफल गर्ने रहेको स्रोतले जानकारी दियो । पछिल्लो समय सरकार परिवर्तनसम्मकै हल्ला र आशंका बढेका बेला एमालेले बैठक बोलाएको हो । आइतबार मात्रै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ वर्षमा सरकार परिवर्तन हुने बताएका थिए । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update