News 24 Television
विद्यादेवीलाई साइड लगाउन ओली खुलेआम, के पर्लान त प्रचण्डको पासोमा ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफूबिनाको एमाले १५÷२० वर्ष सम्भव नरहेको दोहो¥याएका छन् । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै स्वास्थ्य, बुढ्यौलि लगायतका विषयमा निर्मम टिप्पणी गरेका छन् । के यस्तो स्थितिले विद्यादेवी भण्डारीको एमाले नेतृत्वमा आउने चाहना पुरा होला ? यता, माओवादी केन्द्रले भनिरहेको वामपन्थी एकताको माहोल बन्ला ? 

राष्ट्रपतिको दुई कार्यकाल सकेपछि विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने प्रयास गरिरहेकी छन् । भण्डारीले सक्रिय राजनीतिमा आउने संकेत मात्रै गरेकी छैनन्, उनले आफूलाई एमालेले हुर्काए–बढाएको भनिरहेकी छन् । भण्डारीले एमालेका जिल्ला सम्मेलनमा समेत आफ्नो उपस्थिति बढाइरहेकी छन् । 

उनी पक्षीय नेताहरुले जिल्लामा निर्वाचनमार्फत निर्वाचित हुने काम गरिरहेका छन् । यता, भण्डारीलाई सजिलो बनाइदिनका लागि माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी जिम्मेवारीमा फर्काएर यसको सन्देश दिइसकेको छ । यस्तो स्थितिमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनिरहेका छन्, पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन विषयलाई केहि कुराले नछेक्ने भनिरहेका छन् । 

माओवादी केन्द्रले ओलीलाई सरकारबाट मात्रै नभई पार्टी नेतृत्वबाट समेत हटाउनेबारेमा कुटनीतिक ढंगले काम गरिरहेको देखिन्छ । यस्तो स्थितिमा भण्डारीलाई एमालेभित्रैबाट पनि एकखाले समर्थन देखिन्छ । भण्डारीलाई सक्रिय बनाउनका लागि नेताहरुले दौडधुप गरिरहेका छन् ।

यस्तोमा केहिदिन पहिले भण्डारीले एक अन्तरवार्ताको क्रममा केपी ओलीको स्वास्थ्य, उमेर र अन्य हिसाबले पनि समस्या रहेको भनेकी थिइन् । भण्डारीले यस्तो संकेत गर्दै एमालेको नेतृत्व लिने समकेत गरेपछि ओलीले सार्वजनिक रुपमै आक्रोश पोखेका छन् । 

पूर्वराष्ट्पति भण्डारीले गरेको टिप्पणीबाट ओली आक्रोशित देखिन्छन् । सांकेतिक रुपमै उनले आफ्नो बुवा अहिले पनि 

ओलीविरुद्ध एमालेमा चलिरहेको रहस्यमयी घेराबन्दीलाई ओलीले खुलेर तोड्ने प्रयास गर्न थालेका छन् । ओली आफू सत्तामा फर्किएको र अबको समय पनि एमाले निर्माणमा आफ्नो भूमिका हुने विषय बारम्बार भनिरहेको देखिन्छ । तर, ओलीलाई जिम्मेवारी मुक्त बनाएर राजनीतिक रुपमा अर्को अभ्यास गर्न खोजिएको देखिन्छ । ओलीले एमालेमा एकखाले सिन्डिकेट नै चलाएको चर्चा चल्ने गरेको छ । 

ओलीले जे भन्यो त्यो हुने गरि एमालेमा भइरहेको राजनीतिक विकासक्रमले वामपन्थी एकता नहुने विश्लेषण समेत हुने गरेको छ । यस्तोमा ओलीले माधव नेपालदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विभिन्न टिप्पणी गरेर प्रहार गर्ने गरेको पनि देखिन्छ । 

यसरी ओलीले गरिरहेको राजनीतिक प्रहारलाई रोक्न विद्यादेवी भण्डारी उपर्युक्त पात्र हुन सक्ने ठान्ने प्रवृत्ति पनि छ । जुन विषयमा माओवादीले अग्रसरता नै लिएर पूर्वउपराष्ट्रपतिालाई सक्रिय राजनीतिमा ल्याएर भण्डारीलाई बाटो खोलिदिएको छ । यस्तोमा प्रचण्डले वामपन्थी एकताको प्रहासबाट आफू कहिल्यै नथाक्ने समेत भनिरहेका छन् । यसको संकेत पनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर ओलीविरुद्ध माहोल सिर्जना गर्नु नै मुख्य धेय देखिन्छ । 

वामपन्थी दलहरुले नेकपा स्थापनाको ७७ औं वर्षगाँठ मनाउदै गर्दा एकले अर्कोलाई आरोपित पनि गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीले माओवादीलाई अवसरवादीको संज्ञा दिएको छ । 

चर्को मतभेद चलिरहेकै बेला प्रचण्डले भने ओलीविरुद्धबाहेक अन्य विषयमा सार्वजनिक अभिव्यक्ति दिएको देखिन्न । आफ्नाविरुद्ध नेकपा एकीकृत समाजवादीका नेताहरुले अनेक टिप्पणी गर्दा पनि मौन प्रचण्ड तत्काल भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने ध्याउन्नमा नै केन्द्रित देखिन्छन् । 

यसले एमालेको शक्तिमाथि प्रहार र राजनीतिक स्पेसका लागि पनि सहज हुने ठानेका प्रचण्डले चालेको योजना सफल होला ? ओली विद्याबीच देखिने गरि चलिरहेको वाक युद्ध आवेगमा परिणत होला ? यस्ता प्रश्नहरु थप पेचिला बनेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update