News 24 Television
शिक्षकका माग पूरा गर्न सरकारलाई दबाब दिऔँ : अध्यक्ष नेपाल

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकका मागहरु पूरा गर्न सरकारलाई दबाब दिन जरुरी रहेको बताएका छन् ।

आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अहिले आफूहरु प्रतिपक्षमा रहेको र शिक्षकका मागहरु पूरा गराउन कसरी आवाज उठाउन सकिन्छ भन्ने योजनाका लागि छलफल गर्ने सोच बनाइरहेको बताए ।

सरकारलाई शिक्षकका माग पूरा गर्न दबाब दिन जरुरी रहेको पनि उनले बताए । सरकारले शिक्षकका माग पूरा गर्न आवश्यक ध्यान नदिएको नेपालको आरोप छ । 

अध्यक्ष नेपालले भने, ‘अहिले हामी प्रतिपक्षहरु बसेर संसदमा त्यसको आवाज उठाउन केके तरिका अपनाउन सकिन्छ भनेर छलफल चलाउने सोचिरहेका छौँ । सरकारलाई दबाब दिन जरुरी छ । सरकारले आवश्यक ध्यान दिएको देखिँदैन । सरकारका यत्रो आवाजलाई पोजिटिभ रुपमा लिएर राम्रोसँग हल गर्ने कुरामा अग्रसरता लिनुपर्छ ।’

अध्यक्ष नेपालले शिक्षकको ठूलो आवाजलाई समेत सरकारले सकारात्मक रुपमा लिएर समाधानका लागि अग्रसरता नदेखाएको बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update