News 24 Television
रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । उनलाई बुधबार प्रज्ञा भवन, कमलादीबाट पक्राउ गरिएको हो । 

प्रज्ञा भवनमा आजै सीके राउत नेतृत्वको जनमत पार्टीसँग नागरिक उन्मुक्तिको एकता घोषणा तयारी भइरहेको थियो । तर रेशम लगायत नेताहरू प्रज्ञा भवन पुग्दा हलको ढोला समेत खुलाइएको थिएन । एकताका लागि दुवै पार्टीका नेताहरु प्रज्ञा भवन पुगिसकेका थिए । 

रेशमलाई पक्राउ गर्नका लागि सरकारले सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा खटाएको बुझिएको छ । यसअघि सीके राउतको सचिवालयले आफूहरुबीचको एकता भाड्नका लागि पक्राउ गर्ने धम्कीदेखि अनेक तिकडम भइरहेको बताएको थियो ।

चौधरी पक्राउ परेपछि दुई पार्टीबीच तय भएको एकता घोषणा कार्यक्रम स्थगित गरिएको छ । रेशमलाई पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्ली बजार जेल पठाएको सिके राउतको सचिवालयले जनाएको छ । उक्त कार्यको भर्त्सना गर्दै एकीकरण कार्यक्रम स्थगित गरिएको र सम्पूर्ण नेता तथा कार्यकर्तालाई घर फर्कन सचिवालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update