आज नीति तथा कार्यक्रम पेश हुँदै, संसद तयारी अवस्थामा

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारले संघीय संसदमा आज नीति तथा कार्यक्रम पेश गर्दै छ । उक्त कार्यक्रमको तयारी पूरा भएको छ ।
शुक्रवार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो ।
तयारी कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संसद सचिवालयका कर्मचारीको उपस्थिति रहेको थियो । नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय