वासुदेव मिश्र र मन्दिरा मिश्रको ‘वाचा गर माया’ सार्वजनिक
काठमाडौँ । गायक वासुदेव मिश्र र गायिका मन्दिरा मिश्रको स्वर रहेको गीत ‘वाचा गर माया’ सार्वजनिक भएको छ ।
नेपालको भुगोल सुहाउँदो तरिकाले प्रस्तुत गरिएको गीतको म्युजिक भिडियोमा नेपालको ग्रामिण परिवेष र बेरोजगारीको अवस्थालाई देखाइएको छ ।
वासुदेवकै शब्द तथा संगीत संयोजना रहेको गीतको म्युजिक भिडियो मिलन श्रेष्ठले निर्देशन गरेका हुन् । जसमा जुना थापा र स्वयम् मिश्रको अभिनय रहेको छ । गायक–संगीतकार मिश्र सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक पदमा कार्यरत छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय