News 24 Television
प्रमुख प्रतिपक्षीको टिप्पणी- 'नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेन'

काठमाडौँ । पूर्वसभामुख तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारद्वारा प्रश्तुत नीति तथा कार्यक्रमले जनताको आशा जगाउने काम नगरेको बताएका छन् ।

नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रम परम्परागत भएको र कुनै पनि नयाँ कुरा नभएको टिप्पणी गरे । नीति तथा कार्यक्रममा वर्तमान र भविष्यको कुनै प्रष्ट मार्ग चित्र नभएको सापकोटाको दाबी थियो । नीति तथा कार्यक्रम सार संग्रहजस्तै भएकोले जनतामा कुनै उत्साह जगाउन नसक्ने उनले स्पष्ट पारे । 

उनले भने, ‘अनुगमनको पनि अनुगमनजस्ता कुराहरु । हुन त यो स्वाभाविक बन्ला । सुशासन आयोग प्रधानमन्त्रीकै अध्यक्षतामा बनाइरहेको छ । नीति तथा कार्यक्रम परम्परागत त अतितमुखी छ अहिले र भविष्यको प्रष्ट मार्गचित्र छैन । यो अलिकति सार संग्रहबादी छ । यसले जनतामा आशा जगाउँदैन ।’

सापकोटाले नीति तथा कार्यक्रम निरन्तरताको क्रमभंगता मात्र भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update