News 24 Television
माधव नेपाल फेरि संकटमा ! आफ्नैले पार्दै फसाद !

काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्रको उकुसमुकुस कतिबेला विस्फोट हुने हो त्यसको टुङ्गो छैन । तर, नेताहरुमा चिढचिढाहट बढिरहेको देखिन्छ ।

गएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेकोदेखि राजनीतिक विषयमा नेताहरुका दम्भ देखिनसक्नुका छन् । जनताको कमी नभएको हुंकारदेखि संविधानमाथिका निर्मम टिप्पणीसम्म पुगेका नेताहरुले के राजनीतिक रुपमा स्थायित्वको सपना बाँड्न सक्लान् ? 

तत्काीन नेकपा एमाले विभाजनपछि माधव नेपाल चर्चाको शिखरमा रहे । ठूलो राजनीतिक जोखिम मोलेर माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पनि बनाइदिए, तर त्यसपछिका उनका दिन सुखद रहनै सकेनन् । 

ठुलो दुख मेहनत गरेको पार्टी फुटाउनुमात्रै नभएर माधवलाई नयाँ पार्टी स्थापति गराउने चुनौति पनि उत्तिकै पेचिलो थियो, जुन कुरामा उनी सफल हुन सकेनन् । 

त्यसपछि धेरै नेताहरु नेकपा एस छाडेर एमाले फर्किसकेका छन् । केहिले पार्टी छाडेर एमालेमा मिसिने प्रयत्न गरिरहेका छन् । 

यस्तो स्थितिमा पनि पार्टी बनाउने गरि माधव नेपालले एकताबद्ध बनाएर जाने काममा सफलता हासिल गर्न सकेको देखिन्न । नेताहरुका वेचैनीपूर्ण टिप्पणी र आक्रोश भरिएका कुण्ठाहरु भने पोखिने गरेका छन् । 

घनश्यामले यस्तो जिकिर लिने मात्रै गरेका छैनन्, महासचिवको जिम्मेवारीभन्दा टिप्पणीमै धेरै समय खर्चिएका छन्, यो आरोप नेकपा एसभित्रै चर्को रुपमा देखिन्छ । 

यता, नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे पनि नेकपा एस बन्ने प्रक्रियामा रहेको भन्दै भनिरहेका छन, एमालेमा जान चाहनेहरुले बाटो तताए हुन्छ । हामी पार्टी बनाएरै छाड्छौं । यो त्यो नाममा एकता वा अन्य विषय हुन्न ।

गएको निर्वाचनमा नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन् । अझं पूर्वप्रधानमन्त्री झलनाथ खनालले त निर्वाचन समेत हारे । उनी अदालत गएपनि उनको पक्षमा फैसला आएन् । अहिले भनिरहेका छन, सबै कुरा निर्वाचन मात्रै होइन । हामी संविधानको धारा ३ लाई स्वीकार गर्दैनौं । तर, निर्वाचनमा हाम्रा प्रतिनिधिलाई धेरै जिताए राम्रो काम गर्न सकिन्छ । 

विरोधाभासमा फसेका झलनाथ राजनीतिक संकटमा रुमल्लिएकोमा शंका छैन् । यता, अध्यक्ष माधव नेपाल पनि आफ्नो पार्टीलाई जनमतको कमी नभएको भन्न थालेका छन् । माधवले भनेका छन्, जनताको मतको कमी छैन् । जता गयो उतै धेरै मान्छे देख्छु ।

राजनीतिक धरातलमा रहन नसक्दा संकट पैदा भएपनि नेताहरुले आफैलाई केन्द्रमा राख्दै मपाइत्व कायम गराउने ध्यान राख्ने गरेको देखिन्छ ।

एमाले विभाजन गराएपछि देउवालाई प्रधानमन्त्री बनाउन अहम भूमिका खेलेका माधवले न पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सके, न देउवा प्रचण्ड र आफूबीच प्रधानमन्त्री पाउने भन्दै भएको सहमतिको कार्यान्वयनको बाटो नै । यस्ता विविध विषयले नेकपा एसभित्रको रोचक दृश्य पछिल्लो समय अभिव्यक्तिमार्फत सार्वजनिक हुन थालेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update