
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने भन्दै कूटनीतिक मामलामा अडान दोहो¥याएका छन् ।
ओलीले यस्तो दाबी दोहो¥याउनु नेपालको परराष्ट्र नीतिलाई बलियो पार्ने ढंगले मात्रै हो वा अरु केहि नै ? यो विषयको विवेचना भने जारी छ ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको जिकिर गरेका छन् । ओलीले नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्वन गर्दै आएको विषय समेत स्मरण गराएका छन् ।
ओलीले यस्तो भन्नुमा नेपालले अंगिकार गर्ने परराष्ट्र नीतिको एक अंग नै मानिएपनि के यो सहि समयमा सामान्य रुपले नै आएको विषय हो ? प्रधानमन्त्री ओलीले गरेको संकेतको अर्थ कता केन्द्रित छ ? यस्ता तमाम प्रश्नहरु उठेका छन् । जुन प्रश्नमाथिको विवेचना शुरु भएको छ ।
ओलीको अभिव्यक्ति र अर्थ
प्रधानमन्त्री केपी ओलीले पञ्चशिलतामा आधारित नेपालको परराष्ट्र नीतिको वकालत गर्ने विषय सामान्य हो । नेपालले आफ्ना घोषित परराष्ट्र नीतिलाई बलियो पार्नु मुलुकको दायित्व पनि हो । तर, ओलीले संसदीय दलको बैठकमा गरेको संकेतको राजनीतिक अर्थ भने फरक रहेको जिकिर गर्न थालिएको छ ।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमणको क्रममा देखाएको राजनीतिक सक्रियता, भेटघाट र त्यसपछि उनले राखेको प्रस्तावको विषयले पनि ओलीलको अभिव्यक्तिको अर्थ बुझ्न सकिन्छ ।
चौथाइवालेले शीर्ष नेताहरुलाई भेटेर प्रष्ट रुपमा भारतको पहलगाममा भएको हमलाको विषयमा नेपालले भारतको पक्ष लेओस भन्नेमै केन्द्रित रहेको अर्थमा बुझिएको छ ।
भारतले सम्भावित रुपमा पाकिस्तानलाई आक्रमण गर्ने स्थिति बनेमा समेत दक्षिण एसियाको समर्थनलाई आवश्यक ढंगले लिएको अर्थमा बाहिर सन्देश दिनसक्नुपर्नेमा उनीहरु सचेत देखिन्छन् ।
यस्तोमा चौथाइवालेको भ्रमणले गरेको संकेत नै यसतर्फ रहेको बेला ओलीले असंलग्न परराष्ट्र नीतिको वकालत गर्नुले पनि नेपाल–भारतको सम्बन्धको विषयमा थप शंका उब्जिन पुगेको छ।
ओलीको दाउ
प्रधानमन्त्री ओलीलाई भारतले खास महत्व दिएको देखिन्न । भाजपा विदेश विभाग प्रमुखले समेत ओलीलाई भेट्नुअघि अन्य नेताहरुलाइ भेटे भने उनले शीर्ष र मन्त्रीहरुलाई भेटे ।
यी भेटमा पहलगाम हमला केन्द्रित भएर उनले प्रस्ताव राखेको दाबी गरिएको बेला ओलीले असंलग्न परराष्ट्र नीतिको वकालत गर्दै कतै समावेश हुन्नौं भन्नुको अर्थ अब भारतले आफूलाई महत्व देओस भन्नेमा केन्द्रित देखिन्छ ।
भारतले महत्व नदिएकै कारण ओलीको भारत भ्रमण अनिश्चित बन्दै गएको छ भने यसको टिकाटिप्पणी समेत नेपालमा धेरै हुने गरेको छ ।
यी विषयलाई चिर्न पनि ओलीले असंलग्न परराष्ट्र नीतिको वकालत गर्दै भारतले खोजेको साथमा जवाफ फर्काएका छन् । ओलीको यस्तो जवाफले भारतले कस्तो दृष्टीकोण बनाउला ? यो अन्योलताको विषय भएपनि ओलीको अडानले भने नयाँ आयाम थप्ने स्थिति भने देखिन्छ ।