News 24 Television
एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने भनी गरेको प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय समिति बैठक सकिएको छ ।

तत्काल कार्यवाहक दिन वा महाधिवेशनमा पूर्व नै नेतृत्व हस्तान्तरणको घोषणा गर्नुपर्ने आवाज उठाएपनि आगामी महाधिवेशनबाट मात्रै नेतृत्व गरिवर्तन हुने भएको छ । साथै जेनजी आन्दोलनको माग पूरा गर्न पनि संसद पुर्नस्थापना हुनुपर्ने भएकाले पुर्नस्थापनाको मुद्दा अघि बढाउने एमालेले निर्णय गरेको छ । 

नेकपा एमालेको गोदावरीमा भएको विधान महाधिवेशनसम्म अध्यक्ष केपी शर्मा ओलीको दबदबा निकै थियो । पार्टीमा नेताविरुद्ध बोल्यो कि पोल्योको अवस्था थियो । तर जेनजी पुस्ताको आन्दोलनपछि एमालेमा पुनर्गठन र रुपान्तरणको आवाज एकसाथ उठ्यो । 

जेनजी आन्दोलनको क्रममा एमालेले सबै भन्दा बढी क्षति ब्यहोरेको छ । देशैभरका एमालेबाट निर्वाचित मेयर उपमेयरका निजी आवासहरु समेत जलेर खरानी बनाइएका छन् । 

पार्टी अध्यक्ष ओलीले तत्कालिन सरकारको नेतृत्व सम्हालेकैबेला भएको यो क्षतिको क्षम्य हुन नसक्ने भन्दै ललितपुरको भनीमण्डलमा सम्पन्न दशौं केन्द्रीय समिति बैठकमा ओलीमाथि नेता कार्यकर्ताले प्रश्न मात्र उठाएनन्, नेतृत्व नै छाड्नुपर्ने दबाब बढाए । तर एमाले अध्यक्ष ओली भने आगामी फागुन २१ को निर्वाचनमा भाग नलिएर आन्दोलनमा जाने निर्णयमा पुगेका छन् । जसलाई केन्द्रीय समितिको बैठकबाट बहुमतले पारित गरिएको छ । 

अष्टलक्ष्मी शाक्यद्वारा २१ बुँदे लिखित प्रस्ताव पेश

पार्टी अध्यक्ष केपी ओली समक्ष तत्काल कार्यवाहक दिन वा महाधिवेशन पूर्व नै नेतृत्व हस्तान्तरणको घोषणा गरेर महाधिवेशनमा जानुपर्ने प्रस्ताव नेताहरुले अगाडि सारेका थिए । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले केन्द्रीय समिति बैठक अघि बसेको सचिवालय बैठकमा पेश गरेको २१ बुँदे प्रस्ताव केन्द्रीय समिति बैठकमा समेत पेश गरिन् । पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रस्तावमा आफ्नो सुझाव नसमेटिएपछि शाक्यले केन्द्रीय समिति बैठकमा लिखत प्रस्तवा पेश गरेकी हुन् । 

यसअघि बैगुनी केटोको उपमा पाएका पार्टी सचिव योगेश भट्टराईले पनि ओलीलाई तत्काल कार्यवाह दिन वा महाधिवेशन पुर्व नै नेतृत्व हस्तान्तरणको घोषणा गरेर मात्रै महाधिवेशनमा जानुपर्ने माग राखे । 

आफुहरुको प्रस्ताव नेतृत्वको बिरोधमा भन्दा पनि ग्राउण्डका नेता तथा कार्यकर्ताले राखेको प्रस्ताव भएको एमाले सचिव योगेश भट्टराईको दाबी छ । सोहीकारण आफुहरुले नेतृत्व परिर्वतन र पार्टी पुर्नगठनको आवाज उठाएको र आफु समेत नेता तथा कार्यकर्ताले चाहेको खण्डमा पद सुम्पिन तयार रहेको उनको भनाइ छ । यो व्यक्ति केन्द्रीत भन्दा पनि परिर्वतनका लागि संगठित सदस्य र जनताको आवाज रहेको भट्टराईको तर्क थियो ।   

युवा पुस्ताको आवाजलाई सम्बोधन गर्नुपर्ने भन्दै पार्टी रुपान्तरणको प्रश्न उठिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने त्यो कुरा स्वीकार्न तयार देखिएनन् । हलमा केन्द्रीय कमिटिको बैठक चलिरहदाँ हल बाहिर एमालेमा नयाँ पुस्ताका रुपमा उदाएका नेता तथा कार्यकताहरुको उपस्थिती थियो । बैठकमा केन्द्रीय सदस्यहरुले मात्रै नभएर बैठकस्थल बाहिर रहेका युवा नेताहरुले समेत जनताको चहाना अनुसार एमालेले केन्द्रीय समितिको बैठकबाट नेतृत्व परिर्वतन र आफुलाई सुधारको सन्देश दिनु पर्ने बताएका थिए । 

उपाध्यक्ष शाक्यका साथै बैठकमा युवराज ज्ञवालीको फरक मत पनि दर्ज भएको छ । बैठकमा केन्द्रिय सदस्य, पोलिटब्यूरो, स्थायी कमिटि सदस्यहरुले समेत पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण हुनुपर्ने, भीम रावलमाथि भएको कार्वाही फुकुवा हुनुपर्ने, पार्टीको  नेतृत्व हस्तान्तरण गर्दै पार्टीलाई पुर्नगठन गर्नुपर्ने जस्ता आवाजहरु पनि उठाइएका थिए । बैठकमा नेतृत्व हस्तान्तरण र पार्टी पुर्नगठनको मुद्धालाई चर्काे रुपमा उठाए पनि आगामी महाधिवेशनले मात्रै नेतृत्वको टुंगो लगाउने भएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update