News 24 Television
दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन पारित

काठमाडौँ । दलित समुदायको अधिकार तथा विकास सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । आईतवारको राष्ट्रिय सभा बैठकमा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’माथि छलफल गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।

यसअघि विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन २०८१’ राष्ट्रिय सभामा पेश गरेकी थिइन् ।

सभापति पन्तले दलित समुदायको जनसंख्या वृद्धि भएको बताइन् । अरु सबै समुदायको जनसंख्या घटिरहेको अवस्थामा दलित समुदायको जनसंख्या करिव चार प्रतिशतले वृद्धि भएको उनको भनाइ छ । दलित समुदायको साक्षारता दर ८३ प्रतिशतभन्दा माथि रहेको बताइन् । उनले राष्ट्रिय सभाबाट पारित भएका दलित समुदायको सवालबारे प्रस्तावहरु सम्बन्धित निकायहरुलाई कार्यान्वयनका लागि निर्देशन दिएको पनि बताइन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update