
काठमाडौं । केही महिनाअघि जब राजावादी आन्दोलन र च्यसको सक्रियता बढ्यो, जसको दवाब माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा फागुन ७ गते दिएको अभिव्यक्तिले पनि उनै प्रचण्ड र माओवादीलाई नै सबैभन्दा बढी विझाएको थियो ।
सामान्य प्रतिकार गरेपनि सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले भने राजावादीको शैली र चेतावनीलाई खास गम्भीर रुपमा लिएको थिएन । यद्यपि माओवादी भने पूर्वराजाले व्यवस्था र अवस्था बदल्न आफूलाई साथ दिन आह्वान गरेकोप्रति रुष्ट नै बन्यो । यसपछि राजावादी र माओवादीबीच लामै संघर्ष चलेको स्थिति छ ।
यसरी राजावादीहरुले फागुनकै २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थलमा हजारौ समर्थक उतारेका थिए । त्यसपछि राजावादीकै नेतृत्वमा चैत १५ गते पनि तीनकुनेमा राजसंस्था पुनस्र्थापनाका लागि भन्दै वृहत प्रदर्शनको आयोजना भयोे । यद्यपि उक्त आन्दोलन खास प्रभावकारी हुन सकेन ।
आन्दोलनका क्रममा दुई जनाको ज्यान गयो भने करोडौँको भौतिक संरचनामा क्षति भएको थियो । यही प्रकरणमा राप्रपा तथा राजा समर्थित केही नेताहरु अझै प्रहरी हिरासतमा छन् । यसपछि केही हदसम्म राजावादी आन्दोलन मत्थर भएको देखिन्छ ।
राजावादी षड्यन्त्र परास्त गरेको प्रचण्डको दावी !
राजावादी प्रदर्शन र आन्दोलनप्रति काँग्रेस एमाले खासै गम्भीर नभएको चर्चाकाबीच माओवादीले भने समाजवादी मोर्चामार्फत राजावादीको सक्रियता निस्तेज पार्ने रणनीति बुन्यो । र, राजावादीहरुको प्रदर्शनकै दिन माओवादी, नेकपा एस, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी नेसपाले संयुक्त रुपमा भृकुटीमण्डपमा प्रदर्शन गरेका थिए ।
यही प्रदर्शनका कारण राजावादी आन्दोलन र उनीहरुको षड्यन्त्र परास्त भएको प्रचण्डको दावी छ । हुनत माओवादी पार्टीको तराइ–मधेश जागरण अभियनको कार्यक्रम नै स्थागन गरेर राजावादी गतिविधिविरुद्ध प्रतिकारमा उत्रिएको थियो । यही प्रतिकारको बलमा राजावादीहरुलाई हराउन सफल भएको प्रचण्डको जिकिर छ ।
पूर्वराजाको वक्तव्य र सक्रियताले पनि राजावादीहरु एक समय उत्साहित हुँदै राजतन्त्र पुनस्र्थापनाको आन्दोलनमा कस्सिएका थिए । तर चैत १५ को प्रदर्शनपछि भने राजावादीहरु एकाएक कमजोर हुँदै गएका छन् ।
यसपछिका राजावादी प्रदर्शनहरुसमेत खास प्रभावकारी हुन सकेका छैनन् । राप्रपाले चैत २६ गते बल्खुमा प्रदर्शन ग¥यो, त्यस्तै उस्ले वैशाख ७ गते पनि निषेधित क्षेत्र तोड्नेगरी कार्यक्रमको आयोजना गरेको थियो । यद्यपि कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति हुन सकेन । र, राप्रपा नेताहरु निषेधित क्षेत्र प्रवेश गर्दा पक्राउ नै पर्नु प¥यो । जसले राजावादी आन्दोलनहरु कमजोर नै भएको निश्कर्ष निकाल्न सकिन्छ । यही आधारलाई मानेर माओवादी अध्यक्ष प्रचण्डले पनि आफूहरुको प्रदर्शनकै कारण राजावादी आन्दोलन निश्तेज भएको जिकिर गरिरहेका हुन् ।
तत्कालका लागि राजावादी गतिविधि निश्तेज भएजस्तो देखिएपनि यो आन्दोलनले आउँदो दिनमा कस्तो आकार लिन्छ । यो पर्खाइको विषय बनेको छ । तर उता प्रचण्ड भने जितको गुञ्जन गाइरहेका देखिन्छन् ।