News 24 Television
राजावादी  ध्रुवीकरण बढ्दै, अनिश्चितकालीन आन्दोलन घोषणा

काठमाडौँ । राजावादी समूह तथा पार्टीहरूबीच ध्रुवीकरण बढ्दै गएको छ । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बिहीबार राप्रपा र राप्रपा नेपालका अध्यक्षलाई दायाबायाँ राखेर आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । 

अनिश्चितकालीन आन्दोलन घोषणा समारोहमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अब राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण जरुरी रहेको बताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापित नगरेसम्म आन्दोलन नरोकिने बताए । 

अध्यक्ष थापाले थापाले कसैले चाहेर पनि अब राजावादीहरुको एकता नटुट्ने समेत बताए । उनले आपूmहरुले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताउँदै जेठ १५ गते काठामाडौंमा लाखौंको संख्यामा जनता उपस्थित भएर प्रदर्शन गर्ने दाबीसमेत गरे । स्वतः स्फुर्तरुपमा जिल्ला, पालिका, वडा र टोलटोलमा राजसंस्था पुनःस्थापना समिति गठन गर्न र जनता परिचालन गर्न आग्रह समेत गरे ।

 गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गर्दै अध्यक्ष थापाले अब राष्ट्रवादी नेपालीको चिन्ताको अन्त्य भएको दाबी समेत गरे । 

अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकतालाई ध्रुवीकरण हुन आह्वान गरे । उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएकोले सम्पूर्ण देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरे । अबको आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गर्दै अध्यक्ष लिङदेनले मुलुक यही अवस्थामा बसिरहन नसक्ने भएकाले अब नयाँ सम्झौतामा जानुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update