काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले नीति तथा कार्यक्रममाथिको छलफल समयको बर्बादी मात्र भएको बताएकी छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले नीति तथा कार्यक्रम कर्मचारी रहेको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम परम्परा धान्न आएको बताउँदै त्यसमा कमा र फुल स्टप पनि परिवर्तन नहुने बताए । उनले सांसदहरूका सुझावलाई सरकारले बेवास्ता गर्ने गरेको भन्दै नीति तथा कार्यक्रमको छलफल र बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी रहेको आवश्यकता औँल्याए । सांसद शर्माले सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद र जनतालाई सुनाउने मात्र नबनाउन सरकारलाई आग्रह गरे । उनले सरकारले लोकतन्त्रको विधि अनुशरण गर्न अप्ठ्यारो र असहजता मानिरहेको समेत बताए ।
उनले भने, “मलाई अनौठो लागिरहेको छ, लोकतान्त्रिक व्यवस्थामा स्थापना भएको सरकारले लोकतन्त्रको विधि अनुसरण गर्न किन अप्ठ्यारो मानिरहेको छ । किन यसमा यति धेरै असहजता महशुस भइरहेको छ । यसमा मलाई अनौठो लागेको छ, त्यसैले बाध्य भएर के भन्न बाध्य छौँ भने यो नीति तथा कार्यक्रम कर्मकाण्डी छ, यो नीति तथा कार्यक्रम परम्परा धान्न आएको छ, यसमा कमा र फुल स्टप पनि परिवर्तन हुनेछैनन् । हामीले समयको बरबाद मात्र गरिरहेका छौँ । त्यस कारण यस्तो खालको नीति तथा कार्यक्रम र यस्तो खालका बजेटका प्रक्रियाहरूलाई बदल्न जरुरी छ । यसतर्फ सरकारले सोचोँस । सांसदका बहस र छलफललाई समयको बरबाद गर्ने र उनीहरूको बोली संसद् र बाहिर जनतालाई सुनाउने मात्र नबनाइयोस् ।”
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले नागरिकको आश र अपेक्षालाई पूरा गर्न नसक्ने बताए ।