अखिल (क्रान्तिकारी) रत्नराज्यलक्ष्मी इकाई समितिद्वारा केन्द्रिय पधाधिकारिमाथि अनुशासन कारबाहीको माग

काठमाडौं । २०८२ वैशाख १७ गते स्ववियु निर्वाचन समितिबाट प्रकाशित ‘निर्विरोध निर्वाचित’ सूचनामा अखिल (क्रान्तिकारी) रत्नराजलक्ष्मी इकाइको नाम जबरजस्ती समावेश गरिएको भन्दै इकाइका ६ पदाधिकारीले कडा विरोध जनाएका छन्।
उनीहरूले केन्द्रिय सचिव शिशिर बस्याल र इकाइ अध्यक्ष संगम कुमार लामाले व्यक्तिगत स्वार्थमा निर्णय गरेको आरोप लगाउँदै संगठनात्मक अनुशासन कारबाहीको मागसहित केन्द्रिय अध्यक्ष बिजय प्रकाश साप्कोटालाई ज्ञापनपत्र बुझाएका हुन्। उक्त पत्रमा संगठनको विधान उल्लंघन भएको भन्दै दोषीलाई जिम्मेवारीबाट हटाई कारबाही गर्न आग्रह गरिएको छ।
यस घटनाले संगठनभित्रको अनुशासन र नेतृत्वको शैलीमाथि गम्भीर प्रश्न उठाएको छ।
विज्ञप्ति
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय