News 24 Television
लुम्बिनीमा यसरी मनाइयो बुद्धजयन्ती (तस्वीरमा)

लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९ औं बुद्ध जयन्ती मनाइएको छ । सोमबार  प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य तथा उद्घाटनमा एक विशेष समारोहमाझ बुद्ध जयन्ती मनाइएको हो । 

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रम मनाउने घोषणा गरे । साथै विश्वमा मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए । 

कार्यक्रममा लम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे लगायत विशिष्ट व्यक्ति सहभागी थिए । 

1747029294-EJwNc-1747031527.jpg

1747029297-zFYaG-1747031519.jpg

1747029294-9CiRm-1747031536.jpg

1747029290-lV32V-1747031660.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update