
काठमाडौं । मुलुकको शासन व्यवस्थामा खतरा पैदा भएको भन्दै नेताहरुले संकटमोचनका लागि ठूला परिवर्तनको आवश्यकता औल्याउन थालेका छन् ।
अहिले शासन प्रणालीमाथि उठेका प्रश्न र जनतामा देखिएको निराशालाई आशामा बदल्ने काम गर्न नसक्ने हो भने दुर्घटना निकटमै आइसकेको नेताहरुको जिकिर छ ।
नेपाल गणतन्त्रात्मक शासन पद्धतिमा हिडिरहेको छ । संविधान कार्यान्वयनका बाछिटाहरुले पूर्णस्तरको काम गर्न नसक्दा प्रश्नहरु उब्जिरहेका छन् भने सर्वसाधारणले समेत दिक्दारी पोखिरहेका छन् ।
देखिने गरि परिवर्तन भएन भन्ने गुनासोकाबीच नेताहरुले पनि दुर्घटना नजिकै आएको र रोक्न नसक्ने भन्न थालेका छन् ।
वामदेवले जस्तै अहिलेको निर्वाचन प्रणाली र यसबाट संसदमा आउनेहरुको विषयमा प्रश्न उठिरहेका छन् ।
निर्वाचन प्रणाली अत्यन्तै महंगो बन्न पुगेको भन्दै निर्वाचन प्रणाली नै परिवर्तन गर्नु पर्र्ने नेताहरु बताउने गर्छन् । यद्दपी, निर्वाचन प्रणाली नभई सोच नै परिवर्तन गर्नु पर्ने कांग्रेसको बुझाई देखिन्छ ।
माओवादी केन्द्रले पनि देश ठूलो संकटतर्फ धकेलिरहेको भन्दै संरचना सहितको क्रमभंगता नगरे संकट रोक्न नसकिने भन्न थालेको छ ।
राष्ट्रियसभामा सांसदहरुले यस्ता प्रश्न उठाएका छन् भने संकट गहिरिन थालेको भनिरहेका छन् ।
सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको आरोप सडकदेखि सदनसम्मै चर्किन थालेको छ । यस्तो स्थितिमा के गणतन्त्र संकटतर्फउन्मुख भएकै हो ? सन्देह भने बढिरहेकै छ । नेपालको राजनीतिक इतिहासमा लामो समयसम्म नेपालले संविधान कानूनको पालना र कार्यान्वयन गरेको इतिहास समेत नरहेकाले अहिलेका प्रश्न स्वभाविक जस्ता पनि देखिन्छन् तर यसको समाधान खोज्न राजनीतिक दलहरुले समेत उचित ध्यान दिनुपर्ने समय भने आइसकेको छ ।