News 24 Television
ढल्केबर सबस्टेशनमा समस्या, लोडशेडिङमा जनता

काठमाडौँ । बिहीबार पूर्वी र मध्य नेपालमा अधिकांश ठाउँमा पटकपटक विद्युत अवरुद्ध हुँदा जनता लोडशेडिङ भोग्न बाध्य भएका छन् ।

साँझ करिब एक घण्टा विद्युत अवरुद्ध हुँदा जनता अन्धकारमा बस्नुपरेको गुनासो सामाजिक सञ्जालमार्फत छताछुल्ल भएको छ । यसबारे नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आएका कारण विद्युत प्रसारण अवरुद्ध भएको जनाएको छ । 

भारतबाट उक्त सबस्टेशन हुँदै बिजुली आयात अवरुद्ध भएको र स्वदेशी बिजुली पनि प्रसारण हुन नसकेको प्राधिकरणका प्रवक्ता राजभाइ सिल्पाकारले बताए । मर्मतको काम सुरु भइसकेको जानकारी दिँदै उनले मर्मत नहुन्जेल विभिन्न ठाउँमा विद्युत भार कटौती भइरहेको बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update