
काठमाडौँ । डिएसए स्टार–२०२५ को १६ औँ संस्करणको ग्राण्ड फिनाले सम्पन्न भएको छ । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा ‘डिएसए स्टार–२०२५ सीजन–१६’ को राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हाे ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यमा भएको समाराेहमा फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् । कार्यक्रमकाे निर्णायकमा कलाकार पल्पसा डङ्गोल, डा. रमेश अधिकारी र गायक तथा संगीतकार थानेश्वर गौतम थिए ।
प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ अद्भिका लामिछाने विजेता बन्न सफल भइन् । यही विधातर्फ रुबिना राईले फस्ट रनर्स अप तथा एलिस्मा वाइवा सेकेण्ड रनर्सअपको उपाधि जितिन् ।
त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ समृद्धि शाहले शीर्ष उपाधि जित्दा दिसिका घिसिङले फस्ट रनर्सअप, युनिका बोगटीले सेकेण्ड रनर्सअप, सुबिसा बोहोराले थर्ड रनर्सअप’, साहारा भुजेलले फोर्थ रनर्सअप, निर्भरा बस्नेतले फिफ्थ रनर्सअप, कस्तुप तामाङले सिक्स्थ रनर्सअप तथा श्रीषा धरेलले सेभेन्थ रनर्सअपको उपाधि जितेका छन् ।
त्यस्तै ‘प्री–टिन डान्सिङ स्टार’ तर्फ मनीषा श्रेष्ठ विजेता बनिन् भने रुहिना तामाङ फस्ट रनर्सअप, शिखा तामाङ सेकेण्ड रनर्सअप, एञ्जल राना मगर थर्ड रनर्सअप, अनुभव न्यौपाने फोर्थ रनर्सअप, ऋतु सुनारले फिफ्थ रनर्सअप, प्रिशानी बस्नेत सिक्स्थ रनरअप तथा नेरिसा ढकालले सेभेन्थ रनर्सअपको उपाधि जितिन् ।
यसैगरी ‘सिङगिङ स्टार’ तर्फ आँचल अधिकारीले शीर्ष उपाधि चुम्दा प्रिन्सेस भण्डारी फस्ट रनर्सअप, कृष सुनार सेकेण्ड रनर्सअप र रेसन गुरुङ थर्ड रनर्सअप भए ।
परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जीआरले फाइनलअघि ३० दिनसम्म ७३ जना बालबालिकालाई तार्केश्वर नगरपालिकामा रहेको सन फ्लावर एकेडेमीमा प्रशिक्षण दिएकी थिइन् ।
विजेताले विभिन्न म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाउने छन् भने सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । कार्यकममा नेपाली र तामाङ गीत–संगीतको क्षेत्रमा निरन्तरता दिएकोमा गायक विश्व दोङलाई राष्ट्रिय स्रष्टा सम्मान–२०८२ बाट सम्मान गरिएको छ ।