News 24 Television
सिंहदरबारमा गभर्नर सिफारिस समितिको बैठक जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि नाम सिफारिस गर्ने समिति बैठक सिंहदरबारमा सुरू भएको छ । अर्थमन्त्री विष्णु पौडेलको आह्वानमा अर्थ मन्त्रालयमै सुरु भएको बैठकले भावी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।

समिति गठन भएको करिब दुई महिनासम्म पनि राजनीतिक खिचातानी र भागबण्डाको किचलोका कारण एकपटक पनि बैठक बस्न सकेको थिएन । सत्तारुढ दल काँग्रेस–एमालेबीच गभर्नरका लागि सहमति बन्दै भत्कँदै गरेकोमा पछिल्लो समय डा. विश्व पौडेललाई गभर्नर बनाउने सहमतिमा अडिग देखिन्छन् ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी तथा अर्थविद् पोषराज पाण्डे सदस्य रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update