News 24 Television
देउवा सात पटक नि प्रधानमन्त्री बन्न सक्नुहुन्छ : उपसभापति गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा त्याग गरेको कुराको मूल्य खोज्न नहुने बताएका छन् । शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

उनले राजनीतिमा के पाएँ, के गुमाएँ भनेर औंला गनेर हिसाव गरेर बस्न नमिल्ने उल्लेख गरे । उनले राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य हुने भन्दै लक्ष्य र गन्तव्य देश र जनताको लक्ष्य हुनुपर्ने बताए । पार्टीका सभापति शेरबहादुर देउवा राजनीतिक यात्राका क्रममा अटल खटेको परिणामतः पाँच पटक प्रधानमन्त्री बनिसक्नुभएको र अझै प्रधानमन्त्री बन्नसक्ने बताए । दुःख, अटल यात्राले सम्भावनाका ढोका खुल्दै जाने बताए । 

‘मैले त्याग गरेँ भनेपछि फेरि के पाएँ भन्ने हो रु त्याग भनेको त्याग नै हो । त्यागको मूल्य हुँदैन । राजनीति यात्रा हो कहाँ पुगिन्छ थाहा हुँदैन, अविरल यात्रा गर्ने हो । हाम्रो सभापतिज्यु, पूर्वप्रधानमन्त्रीज्यु, यो राजनीतिक यात्राको क्रममा अविरल ढंगबाट यात्र गर्दा उहाँले खप्नुभएको उत्तारचढाव व्याख्या गर्नुपर्दैन,’ उनले भने, त्यो उत्तारचढावलाई छिचोलेर अघि बढ्नुभएको छ । रिस गरेर हुन्छ, पाँच पटक प्रधानमन्त्री बन्नुभयो । भनेर हुन्छ, अझै बन्नसक्नुहुन्छ नि उहाँ । ६ पटक, सात पटक नि बन्न सक्नुहुन्छ । त्यो यात्रा हो नि त । त्यो दुःख, अटल यात्राले ढोका खुल्दै जाने हो ।’

उपसभापति गुरुङले राजनीति अविरल यात्रा भएकाले राजनीतिमा आँधिबेरी चल्दा पनि त्यसलाई छिचौल्दै अघि बढ्न सक्नुपर्ने बताए । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update