काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नकारात्मक कुरालाई मात्रै बढी प्रचार गरेर प्राप्त उपलब्धिलाई नजरअन्दाज गर्ने प्रवृत्ति बढेको बताएका छन् ।
शनिबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बनाएका हुन् ।
अहिले प्राप्त उपलब्धि धेरैको बलिदान र संघर्षबाट प्राप्त भएको भन्दै उहाँले देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसन जस्तो भएको सिंहले बताए।
‘अहिलेको समय नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेण्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने । प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ । लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने।
अहिले प्राप्त भएको अधिकारलाई सुरक्षित गरेर संस्थागत गर्दै अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
