News 24 Television
नैतिकताको कसीमा गृहमन्त्री लेखक, आफ्नो बोली आँफैलाई बोझ !  

काठमाडौं । वर्तमान गृहमन्त्री रमेश लेखक विगत देखि नै नैतिकता र आदर्शका विषय जोडतोडले उठाउँदै आएका पात्र हुन् । उनी सदन र पार्टी भित्रकै छलफलमा पनि धेरैजसो आदर्श र नैतिकताका कुरा गर्दछन् । एकवर्ष अघि मात्रै पनि उनी सदनमा भ्रष्टाचार र ठगीमा नाम जोडिएका मन्त्रीहरुको नैतिकता जाँच गरिरहेका थिए । 

जुनबेला काँग्रेस संसदको प्रतिपक्षी कित्तामा थियो । त्यो बेला वर्तमान गृहमन्त्री रमेश लेखक नै पार्टीका प्रमुख सचेतक थिए ।

उक्त समय लेखकले सहकारी ठगीको आरोपमा अनुसन्धानमा तानिएका तत्कालीन गृहमन्त्री रविलामिछानेलाई राजीनामा दिन तीव्र दबाव दिइरहेका थिए । काँग्रेसले प्रतिपक्षबाट तत्कालीन गृहमन्त्री रविले राजीनमा नदिए सदन नै चल्न नसक्ने अडान दोहो¥याउँदै कैयाँ पटक सदन अवरोध गरेको थियो । उक्त समयमै रमेश लेखकले पनि अनुसन्धानमा तानिएपछि कुनैपनि मन्त्रीले राजीनमा दिनुपर्ने भन्दै सदनमा रवि लक्षित यस्तो टिप्पाणी गरेका थिए । 

यहाँसम्मकी विगतमा सदनले नै स्थापित गरेको मान्यता भन्दै लेखकले विगतमा प्रश्न उठेका र आरोपित मन्त्रीहरुले नैतिकताका आधारमा राजीनमा दिएको भन्दै विभिन्न उदाहाराण पेश गरेका थिए । सो क्रममा उनले प्रश्न उठेका मन्त्रीहरुले राजीनमा दिएको फेहरिस्तसमेत यसरी सुनाएका थिए । 

यसरी संसदमा सँधै नैतिकता र आदर्शका पाठ स्मरण गराउने गृहमन्त्री लेखक भने अहिले आँफै नैतिकताको परीक्षा दिने अवस्थामा आइपुगेका छन् । भिजिट भिसामा विदेश पठाउँदा हुने अवैध असुलीको सेटिङ गृहमन्त्रीसम्मै भएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेसँगै लेखक नैतिकताको प्रश्नले जेलिएका हुन् । तर उनी यो विषयमा अझै मौन देखिएका छन् । 

गृहमन्त्री लेखक कसरी जोडिए ? 

केही दिन अघि अख्तियारले मानव तस्करीबारे अनुसन्धान गरिरहेकै बेला गृहले अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई सरुवा ग¥यो । जुन सरुवा भिजिट भिसाको लेनदेन र सेटिङबाट जोगाउन गरिएको दावी गरिन्छ । अहिलेसम्म गृहले अध्यागमनका १५ कर्मचारीको सरुवा गरिसकेको छ । 

गृहले तीर्थराज भट्टराईलाई सरुवा गरेपनि उनलाई त्यसको भोलिपल्ट नै अख्तियारले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । हुनपनि गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारीमा ल्याएका थिए ।

यसपछि विवादास्पद पृष्ठभूमिका भट्टराईलाई  अध्यागमन प्रमुखको रुपमा ल्याइएको भन्दै आलोचना बढ्यो । र, यसपछि नै ‘भिजिट भिसा’मा सेटिङ बढेको पनि टिप्पणी हुने गरेका छन् । साथै भिजिट भिसा प्रकरणमा हुने गरेका ठूला लेनदेनमा गृहमन्त्री लेखकको सचिवालयका कर्मचारीहरू समेत जोडिएको आरोप लाग्दै आएको छ । जसले गृहमन्त्री आँफै पनि शंकाको घेरामा छन् । 

लेखकलाई बर्खास्त गर्न सर्वोच्चमा रिट 

भिजिट भिसाको सेटिङमा गृहमन्त्रीको सचिवालय नै जोडिएको चर्चासँगै गृहमन्त्री रमेश लेखकलाई पदबाट बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता मधु चौलागाइले गृहमन्त्रीलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । तर हालसम्म उक्त रिट दर्ता भइसकेको छैन । 

यसबारे सर्वोच्च प्रशासनले आइतबार मात्रै निर्णय गर्नेछ । हुनत आम नागरिकस्तरबाट पनि गृहमन्त्रीमाथि छानविन हुनुपर्ने माग बढ्दो छ । यदी छानविनको लागि ठूलै दवाब परे वा सर्वोच्चमा उक्त निवेदन दर्ता भए गृहमन्त्री रमेश लेखक अझ नैतिक संकटमा पर्नेछन् । यदी अनुसन्धान अघि बढेमा अथवा नागरिकस्तरबाटै तीव्र दबाव सृजना भएमा लेखकले नैतिकताका आधारमा पद त्याग गर्छन् वा गर्दैनन् यो भने हेर्न बाँकी छ । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update