News 24 Television
प्रशासनिक झमेलाका कुरा सुनेर बुढो भइसक्यौँ, यो अत्ति भयो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशासनिक झन्झटलाई समाधान गर्न जरुरी रहेको बताएका छन् । सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले आफूले जान्दादेखि नै प्रशासनकि झन्झट हुने गरेको सुनेको र अझै पनि त्यस्तै अवस्था रहेको बताए । कान बुढा भइसक्दा पनि प्रशासनिक झन्झट समाधान गर्न नसक्नु दुःखद् रहेको बताउनु भयो । उनले अरुले शासन गर्दा प्रशासनिक झमेला हुने कुरा सुन्ने गरेको र अहिले आफूहरुले शासन गर्दा पनि नबदलिएको भन्दै असन्तुष्टि जनाए । साहसिक ढंगले कामहरु गर्नुपर्ने र नयाँ चरणबाट सोचेर समस्याहरुको समाधान गर्नुपर्ने उनकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने, ‘एड्निस्टेटिभ हडल भनेको उहिले पनि सुनिन्थ्यो, अहिले पनि सुनिन्छ । कन्टिन्यु सुनिन्छ । सुनिएको सुन्यै छ । यि कुरा सुन्न थाल्दा यि कान भर्खरकै थिए । कान बुढा भइसके त्यही कुरा सुनिएको छ । परिवर्तन केही पनि छैन । यो चाहीँ अत्ति भयो क्या । के गरिरहेका छौँ त हामी ? त्यही कुरा सुनिरहेका छौँ । अरु थिए त्यही कुरा सुन्थ्यौँ, हामी आयौँ, त्यही कुरा सुनिरहेका छौँ त फेरि । एउटा नमज्जा नि । अरु हुँदा सुनेका थियौँ । यो परिवर्तन किन हामी गर्दैनौँ । शाहसिक ढंगले गर्नुपर्ने कामहरु गरौँ । स्टेप लिऔँ । रिफर्म गरौँ । एउटा न्यु डिपार्चर । त्यो नेपाललाई चाहिएको छ । अब द्रुत गतिले सुशासन र विकासको बाटोमा अगाडि बढ्ने हो भने हामीले स्टेप लिनैपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपाललाई एउटा नयाँ गन्तव्य चाहिएको भन्दै अब द्रुत गतिले सुशासन र विकासको बाटोमा अगाडि बढ्न जरुरी रहेको बताए । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update