News 24 Television
रवि, बालेन, हर्क र गोपीको आ–आफ्नै ताल, बैकल्पिक शक्तिको बेताल 

काठमाडौं । नेपाली राजनीतिमा बैकल्पिक शक्तिको खुबै चर्चा हुने गरेको छ । पुराना राजनीतिक दलदेखि नयाँ दलहरुले आफूलाई वैकल्पिक शक्ति भन्ने गरेका छन् । 

विवेकशील नेपालीदेखि रास्वपासम्मले वैकल्पिक शक्तिको अभ्यास गरे पनि वैकल्पिक शक्तिको रुपमा उदाउन भने सकेका छैनन् । जसका कारण मुलधारका दलहरु कांग्रेस, एमाले र माओवादीकै हालिमुहाली छ । यहि बीचमा धरान उपमहानगरका मेयर हर्क सामपाङ राईले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । 

यतिबेला मुलुकको अवस्था परिवर्तनको विकल्प खोजी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले, शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पटपटक सरकारको नेतृत्व गरेका छन् । 

पछिल्लो दुई दशक यता ओली, प्रचण्ड र देउवाले पालैपाले सत्ताको बागडोर सम्हालिसकेका छन् । र, मुलुकको समृद्धि र सुशासनको भाषणबाजी गरिरहेका छन् । तर परिणाम सून्य रहेको भन्दै जनता निराश बनेका छन् । यीनै शासक र नेतृत्वप्रति वाक्कदिक्क भएका जनताले बैकल्पिक दल र नेताको खोजी गरिरहेका छन् । 

त्यसको परिणाम स्वरुप अघिल्लो संघ र स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार र नयाँ दलले अप्रत्यासित परिणाम हासिल गरेका छन् । २०७९ कै स्थानीय तहको चुनावमा ठूला दलहरुको गठबन्धनलाई समेत चुनौति दिँद ै बालेन शाह, गोपी हमाल र हर्क सामपाङ राई लोकप्रीय मत ल्याएर निर्वाचित भए । तर नागरिकको परीक्षणकालमा रहेका उनीहरु विभिन्न विषयमा विवादित भइरहेका छन् । 

बैकल्पिक भनिएकाहरु नै एकले अर्कालाई हिलो छ्यापिरहेका छन् । जसका कारण कांग्रेस, एमाले र माओवादीले पालैपालो सत्ताको स्वाद लिइरहेका छन् । यस्तो अवस्थामा बैकल्पिक शक्ति विच एकताको खोजी हुनपर्ने हो, बलियो राजनीतिक शक्ति निर्मांणको बहस हुनुपर्ने हो, नेपाललाई आधुनिक विश्वसँग मुकाविला गर्न बलियो धार निर्माणमा लाग्नु पर्ने हो तर त्यसो देखिदैन् । 

बरु एक्लाएक्लै पार्टी खोल्नअर्थात् राजनीतिकको खुद्रा पसल खोल्नेमै व्यस्त देखिन्छन् । यसको पछिल्लो उदाहरण धरान उपमहानगरका मेयर हर्क सामपाङ देखिएका छन् । 

आफुलाईश्रमदानको पिताको दाबी गर्ने मेयर राईले सामाजिक संजाल मार्फत सन्देश जारी गर्दै चुनावी मैदानमा होमिने घोषणा गरेका छन् । उनले लेखेका छन्, ८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेदवारी दिनेछौँ । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रो उम्मेदवार बन्नेछन् ।

उसो त केहिदिन अघि रास्वपा सांसद सुमना श्रेष्ठले सामाजिक संजालमा सेयर गरेको भिडीयो सन्देशले नयाँ र बैकल्पिक एकठाउँमा उभिनु पर्ने संकेत गरेको छ । 

सुमनाले कांग्रेस सभापति शेरबहादुर देउवासंग डडेलधुरामा चुनाव हारेका सागर ढकालसंग गरेको संवादले राम्रै स्थान पाएको थियो । जहाँ सुमनाले सबै बैकल्पिक धार र चिन्तन भएका मिल्नुपर्ने सन्देश दिन सोजिरहेकी थिइन् । देउवासंग चुनाव लडेर हटकेक बनेका ढकालले पनि मिल्नुको विकल्प नरहेको भिडियो सन्देशमा देखिन्छ । 

नेपालको राष्ट्रिय राजनीतिमा बैकल्पिक राजनीतिको विजारोपण विवेकशिल साझाबाट सुरु भएको थियो । स्वर्गीय उज्वल थापा नेतृत्वको विवेकशिल पार्टी र विविसीका पुर्व पत्रकार रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी मिलेर विवेकशिल साझा बनेपछि ठुलो माहोल बनेको थियो ।

तत्कालिन समयमा विवेकशिल साझाको यस्तो क्रेज थियो कि नेपाली राजनीतिको लिड उसैले गर्छ जस्तो । नेपालीजनताले समेत उक्त पार्टीलाई भविष्यका रुपमा हेर्न थालिसकेका थिए । तर नेतृत्वमा आएको विचलन र नेताहरु विचको अन्तरसंघर्षले उक्त पार्टी छिन्नभिन्न भयो । 

वैकल्पिक राजनीतिबाट स्थापित भएका मिश्रराजावादी कित्तामा पुगे ।अन्य युवाहरुले नबिन सोंचका साथ पार्टीलाई हाँक्न नसक्दा पार्टी नै अस्तित्वहिन बन्यो ।  विवेकशिल साझाको क्षयीकरणले समेत नेपाली राजनीतिमा सम्भावना खोज्ने बैकल्पिक विचारलाई कमजोर तुल्याएको छ । 

तर प्रश्न जन्मिएको छ कि बैकल्पिक विचारधारा बोक्ने पार्टी र नेताहरु एकताको सुत्रमा बाँधिने या पुरानै दलेको छहारीमा बस्ने ?

रास्वपाको उदय र विवाद 

विवेकशिला साझाले बैकल्पिक धारको नेतृत्व गरिरहेका बेला पुर्वसञ्चाकर्मी तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २०७९ असार ७ मा खोलेको राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिमा जवरदस्त रुपमा उदाउन सफल भयो । पुराना राजनीतिक दल प्रतिको वितिष्णालाई क्यास गर्दै रवि नेतृत्वको रास्वपाले २०७९ मंसिर ४ मा भएको आमचुनावमा अभुतपुर्व जनमत पायो । 

२१ सिट सहित प्रतिनिधिसभाको चौथो ठुलो दल बनेपछि धेरैले रास्वपाको भविष्य सुन्दर रहेको विश्लेषण पनि गरे । झण्डै १२ लाख हाराहारी मत पाएको रास्वपामा नेपाली जनताले भविष्य समेत देखेका थिए । तर जनमत विपरित रास्वपा दुई÷दुई पटक पुरानै दलसंग कुम जोड्दै सरकारमा सहभागि भयो । 

त्यसपछि रास्वपाले जनविश्वास गुमाउँदै गएको विश्लेषण भइरहेको छ । साथै सभापति रवि लामिछानेको पासपोर्ट, नागरिकता र सहकारी प्रकरणले रास्वपा थलिएको छ । 

२ करोडको अडियो प्रकरण, संस्थापक महामन्त्री मुकुल ढकाल बर्खास्ती प्रकरण हुँदै सांसद सुमनाले सहमहामन्त्री र प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले दिएको राजीनामासम्म पुग्दा रास्वपा पुरानै दलको दाँजोमा पुगेको विश्लेषण भइरहेको छ । रास्वपा सभापति रवि सहकारी प्रकरणमा कारण रुपन्देही कारागारमा र्पुपक्षका लागि थुनामै छन् । 

बालेन, गोपी र हर्क मिल्नुपर्ने जनआवाज तर समन्वय अभाव

२०७९ मंसिर ३० मा भएको स्थानीय तहको चुनावमा ठुला दलका किल्ला भत्काउँदै काठमाडौँ महानगरमा बालेन शाह, धरान उपमहानगरमा हर्कसामपाङ राई र धनगढी उपमहानरमा गोपी हमालको उदय भयो । 

दशकौँदेखि राज गर्द्रै आएका कांग्रेस, एमाले र माओवादीका उम्मेदवारलाई हजारौँ मतान्तरले पराजित गर्दै बाजी मारेपछि देशविदेशमा चर्चा समेत भयो । स्वतन्त्र जनप्रतिनिधि बनेपछि विना हस्तक्षेपा काम गर्ने अवसर पाएका बालेन, हर्क र गोपीले जनताले प्रशंशा गर्नेगरी काम समेत गरिरहेका छन् । 

यी तीन जनाको कामको सर्वत्र चर्चा समेत हुने गरेको छ । तर एक्लाएक्लै ठुला दलसंग संघर्ष गरिरहेका यी स्वतन्त्र मेयर ठुला दलको तारोमा परेका छन् । बेलाबेला हर्क र बालेनले संघ सरकारसंग मुकाविला गर्न तम्सिएका हुन्छन् । तर सुन्ने कोही छैन । यस्तो अवस्थामा नेपाली जनताले यी तीनै जना मेयरलाई मिलेको हर्न चाहेका छन् । 

उसो त धरानका मेयर राईले बालेनसंग पार्टी खोल्न सल्लाह आन्तरिक रुपमा नगरेको होइन । बालेनले ग्रिनसिंग्नल नदिएपछि उनी एक्लै तम्सिएका छन् । यसले अझ नेपाली राजनीतिका बैकल्पिक शक्ति स्थापित हुने दुरी बढाएको छ । 
उता, नेपाली राजनीतिमा सम्भावना बोकका बैकल्पिक शक्ति र स्वतन्त्रको भविष्य अन्योल हुने सम्भावना रहेको विश्लेषण भइरहेको छ । यस्तो अवस्थामा आत्मआलोचना सहित बैकल्पिक र स्वतन्त्र शक्ति एकताको सुत्रमा बाँधिएर बलियो शक्तिमा निर्माणमा जुट्लान् ?त्यो भने हेर्न बाँकी छ । 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update