News 24 Television
न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन नसक्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय बलियालाई नभएर असहायलाई चाहिने बताए । राज्यले दिन्छु भनेको सुरक्षा, संरक्षण असहायलाई चाहिने बताए ।

राज्यले न्याय दिन सक्दैन भने जनतालाई राज्यको आवश्यकता नपर्ने पनि उनले बताए । राज्यको फाउण्डेशनको आधार नै न्याय भएको बताउँदै उनले न्यायको पाना च्यातिन नहुनेतर्फ सचेत गराए । 

श्रेष्ठले भने, ‘बलिया बाङ्गाालई न्याय चाहिने होइन, असहायलाई चाहिने हो । राज्यले जुन सुरक्षा दिन्छु भन्छ, संरक्षण दिन्छु भन्छ, त्यसलाई चाहिने हो न्याय । राज्यले न्याय दिन सक्दैन भने जनतालाई राज्य किन चाहिन्छ । राज्य हल हालतमा बस्छ भन्ने छैन । राज्यको फाउण्डेशनको आधार नै न्याय हो । जुन राज्य न्यायबाट चुक्छ, त्यो राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैन । चाहेर पनि सक्दैन । कहीँ न कहीँ च्यातिने सम्भावना रहन्छ । अरु कुनै पाना च्यातिओस् तर न्यायको पाना नच्यातिओस् । ता कि राज्य सुरक्षित रहोस् ।’ 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका अख्तियारीले नभइ विश्वासले नबाँच्ने बताए । न्याय पाइन्छ भन्ने विश्वास रहेसम्म मात्रै न्यायपालिका बाँच्ने उनकाे भनाइ छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update