News 24 Television
असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी नेशनल कन्फ्रेन्स हुँदै

काठमाडौँ । असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी नेशनल कन्फ्रेन्स हुने भएको  छ । इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले कन्फ्रेन्स आयोजनाको मुल उद्देश्य विशेष गरी संक्रामक रोगहरुको नियन्त्रणका विषयमा छलफल गर्नु रहेको बताए । 

उनले कन्फ्रेन्सबाट आएका विषयहरुले महामारी नियन्त्रणमा भोलिका दिनमा नीति नियम र रणनीति बनाउन उपयोगी हुने दाबी गरे । यसको मूल उद्देश्य फिल्ड इपिडिमियोलोजी ग्राजुएट फिल्डमै रहने र उनहरुलाई  गएर महामारी रोकथाममा काम गराउन मद्दत पुग्ने डा. झाको भनाइ छ । 

उनले भने, ‘यो हामीले नेपालमा पहिलो पटक एउटा फिल्ड इपिडिमियोलोजी नेशनल कन्फ्रेन्स गर्दैछौं । यसमा खासगरी छिमेकी मुलुकमा कोभिड महामारी आइरहेको छ । यस्ता महामारी आइरहेका हुन्छन् डेङ्गुलगायतका कुराहरुमा कन्फ्रेन्स गर्न गइरहेका छौं । यसबाट आउने कुराहरु जस्तो महामारी नियन्त्रण कसरी गर्ने ? नयाँ नयाँ कुराहरु आउने त्यससम्बन्धी नीति नियम बनाउने, रणनीतिहरु बनाउन उपयोगी हुनेछ । असार १२ र १३ गते दुईदिन कन्फ्रेन्स सञ्चालन हुनेछ । यसमा धेरै कुरा समेटिए पनि मुख्यतः संक्रामक रोगहरुका बारेमा वृहत छलफल हुन्छ । फिल्ड इपिडिमियोलोजीका प्रतिनिधिले पेपर प्रेजेन्ट गर्नुहुन्छ र त्यसबाट आएका कुराहरुबाट भोलिका दिनमा नीति निर्माणमा सहयोग हुन्छ । साथै, भोलिका दिनमा महामारी नियन्त्रणमा ठूलो सहयोगी हुन्छ भन्ने हो । यो कन्फ्रेन्स अहिलेको अवस्थामा महामारीको समस्या त्यसमाथि महामारी नियन्त्रणकै विषयमा कन्फ्रेन्स हुने भएकाले यसका सकारात्मक पक्ष धेरै छन् । अहिले हामीले नयाँ प्रविधि फिल्ड इपिडिमियोलोजी ग्राजुएट भन्छौं । उहाँहरुले फिल्डमा गएर महामारीसम्बन्धी काम नै गर्ने हो उहाँ त्यही फिल्डमा हुनुहुन्छ । त्यसबारे अनुसन्धान गर्नुहुन्छ त्यसका लागि पनि कन्फ्रेन्स महत्वपूर्ण सावित हुनेछ ।’

उनले खासगरी छिमेकी मुलुकमा विभिन्न समयमा देखिने महामारी र त्यसले पार्ने असरबारे बृहत छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update