News 24 Television
काँग्रेस, एमाले र माओवादीलाई प्रजातन्त्रको पक्षमा एकजुट हुन नवराज सुवेदीको आग्रह  (विज्ञप्ति)

काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाईसमेत प्रजातन्त्रको पक्षमा एकजुट भएर उभिन आग्रह गरेका छन् । 

संयुक्त जनआन्दोलन समितिकोले एक विज्ञप्ति नै जारी गरेर देशमा विद्यमान चौतर्फी संकट र बेथिति सतही प्रयासबाट समाधान हुन नसक्ने जिकिर गर्दै मुख्य दलहरुलाई पनि प्रजातन्त्रको पक्षमा उभिन आग्रह गरेको हो । 

सुवेदीले विज्ञप्तिमार्फत चुनौतिको समयमा राष्ट्र, राष्ट्रियताको पक्षमा सबै नेपाली एक ठाउँ उभिनु जरुरी रहेको औँल्याएका हुन् । संयुक्त जनआन्दोलन समितिले आज गणतन्त्र दिवसकै  अवसर पारेर काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।

 (विज्ञप्ति)

navaraj-subedi-1748508958.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update