News 24 Television
एमालेविरुद्ध राजावादी हाबी, केपी ओलीलाई कडा टक्कर !

काठमाडौँ । सडकमा भारी समर्थन प्राप्त गर्दा राजावादीहरु अझै हौसिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘व्याक फोर्स’मा सडक ओर्लिएका राजावादी शक्तिहरुले गणतन्त्र दिवस अर्थात जेठ १५ गते नै राजसंस्था पुनस्र्थापनाका लागि भन्दै जनआन्दोलनको आराम्भ गरेका छन् । जुन निरन्तर रहिरहने राजावादीहरुको दावी छ । यसको पहिलो दिननै राजावादीको पक्षमा लहड देखिएपछि आन्दोलनको नेतृत्व पक्ष अझ हौसिएको हो । 

आन्दोलनमा राजावादी पक्षधरमा जनलहर देखिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उत्साहित हुँदै गणतन्त्रवादीहरुलाई जिद्धि नगर्न र नयाँ समझादारीमा आउन आह्वान गरे । सडककै उपस्थिति देखेर उनले जनमत बदलिसकेकोसमेत जिकिर गरेका छन् । 

हुनपनि बिहीबार राजावादीहरु र गणतन्त्रवादीहरुले एकै दिन, एकै क्षेत्रमा प्रर्दशन गरेका थिए । जसले राजावादीहरुलाई शक्ति मापनका आधार पनि निर्माण गरिदिएको छ । सँगैको क्षेत्रमा सत्तारुढ दल नेकपा एमाललेले गणतन्त्रको उत्सव मनाइँनु र गणतन्त्रको विरोधनमा प्रदर्शन हुँदा कस्को शक्ति कति ? भन्ने मापन गराइदिएको छ । 

तुलनात्मक रुपमा एमालेले आयोजना गरेको उत्सवमा भन्दा राजावादीहरुकै प्रदर्शनमा ठूलो संख्या देखिँदा राजसंसथा पुनस्र्थापना अभियानमा लागेका नेताहरुलाई थप उत्साह मिलेको देखिन्छ । जुन उत्साहकै बलमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि तत्काल सामाजिक संजालमा स्टाटस लेख्दै गणतन्त्रवादीहरु नयाँ समझदारीमा आउनुपर्ने नत्र भाग्नलाई तयार रहनु भन्दै चेतावनी दिएका छन् । 

उनले भनेका छन् – ‘अब नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ । हैन भने भाग्न लाई  हेलिकप्टर तयार गर्नु ।’

मुलुकमा व्याप्त भ्रटाचार, कुशासन, अपारदर्शीता र जवाफदेहिताविहीन नेतृत्वका कारण पनि युवाहरुमा समेत वर्तमान व्यवस्थामाथि आक्रोश पैदा भइरहेका छन् । उक्त आक्रोश पनि राजसंस्था पुनस्र्थापना आन्दोलनकै शक्तिको रुपमा मिसिएको छ । तसर्थ युवाहरु पनि वर्तमान व्यवस्थाको विपक्षमा उभिएर राजावादी कित्ताबाट चर्को रुपमा बुलन्द भइरहेका छन् । जुन गणतन्त्र र वर्तमान सत्ता नेतृत्वमाथिको ठूलो चुनौती हो । 

राजावादीको व्यापक प्रदर्शन र त्यसप्रतिको समर्थनले एमालेलाई समेत सोचनिय बनाएको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी प्रदर्शनलाई ठाउँको ठाउँ निश्तेज पार्न निर्देशन दिएका थिए । तर ओलीकै निर्देशनजस्तो राजावादी निश्तेज हुने स्थिति बनेन । जुन कारणले पनि सडकमा एमालेविरुद्ध राजावादीहरु हावी भएका छन् । 

ज्ञानेन्द्र रणनीति सफल !

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गतेको पूर्वसन्ध्यादेखि नै राजावादी माहोल बनाउन खोजेका थिए । उनले गणतन्त्रले देश संकटमा परेकोले भावी राजनीति सुधार गर्न राजतन्त्र अत्यावश्यक रहेको र त्यसका लागि आफूलाई साथ दिन आग्रह गरे । जसले राजावादी आन्दोलनलाई थप होस्यायो । 

यसपछि पनि लगातार राजावादी गतिविधि बढ्यो । र, चैत १५ गते पनि राजावादी पक्षधरले तीनकुनेमा वृहत प्रदर्शन गरेका थिए । तर उक्त आन्दोलनमा जनधनकै क्षति हुँदा राजावादी आन्दोलन नै बदनाम हुन पुग्यो । यसपछि केही समय सेलाएका राजावादीहरुले जेठ १५ लाई नै केन्द्र बनाएर आन्दोलनको आह्वान गरेका थिए । जुन आन्दोलनलाई राजावादीहरुले केही हदसम्म सफल बनाएका छन् । जेठ १५ को राजावादी आन्दोलनलाई बाहिरी रुपमै पनि सभ्य, भव्य र सुसंस्कृत भएको रुपमा चर्चा गरिन थालिएको छ । 

दुर्गा नफापेका ज्ञानेन्द्रलाई लिङ्देन फाप्यो !

  पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र योजनामै भइरहेका यी सबै राजावादी प्रदर्शनहरुमा केही मोर्चागत र सांगठानीक भेद भने देखिन्छन् । किनकी हिजोको प्रदर्शनमा दुर्गा प्रसाईँ पक्षधरहरु राजावादीहरु सडकमा थिएनन् । यसअघि तीनकुनेको प्रदर्शनमा दुर्गा प्रसाईँलाई कमाण्डर तोकिएको थियो । तर यो प्रदर्शन हिंसात्मक र अराजक बन्यो । जसले पूर्वराजा बदनाम बन्नुमात्रै परेन, उक्त आन्दोलनकै कारण राज्यलाई आर्थिक, भौतिक र मानवीय नोक्सान पनि भयो । तर अहिलेको राजावादी प्रदर्शनले भने ज्ञानेन्द्रलाई सफलता प्राप्त भएको छ । 

यो सफलतामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि ठूलो योगदान रहेको छ । किनकी यो प्रर्दशनमा सदनमासमेत प्रतिनिधित्व गरिरहेको राजावादी कित्ताको सबैभन्दा ठूलो दल राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि जिम्मेवार छन् । उनी प्रदर्शनको अग्र मोर्चामासमेत सामेल थिए । जुन कारण पनि यो प्रदर्शन सफल भएको दावी गर्ने गरिएको छ । जसले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईँको तुलनामा राजेन्द्र लिङ्देन नै फापेको भन्दै राजनीतिक व्याख्या गर्न थालिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update