News 24 Television
राजावादीको धम्कीमा ओलीको काउन्टरः हेलिकोप्टर प्रकरणदेखि सत्ता कब्जासम्म !

काठमाडौं । व्यवस्थाको बिषयलाई लिएर मुलुक पुनः द्वन्द्वमा जाने त होइन भन्ने डर देखिन थालेको छ । राजावादी शक्ति राजसंस्था पुनस्र्थापनाको माग राख्दै आन्दोलनमा छन् । भने गणतन्त्रवादीहरु गणतन्त्रको विकल्प परिस्कृत गणतन्त्र नै हो भनिरहेका छन् । प्रणालीमाथिका प्रश्न र चलिरहेका राजनीतिक दाउपेचले अगामी दिनमा मुलुकको अवस्था कस्तो होला ? नागरिकहरुको चासो बढेको छ ।

सडकमा राजावादीहरु राज संस्था पुनः स्थापनाको माग राख्दै आन्दोलनमा छन् । उनीहरुले नविन समझदारी मार्फत राजसंस्था पुनःस्थापना नभए आन्दोलन चर्काे बनाउने चेतावानी राजावादी शक्तिहरुले दिइरहेका छन् । उनीहरुले अब राजसंस्था आउनै लागेकोदेखि प्रधानमन्त्रीलाई अनेक धम्की दिनेमा अग्रसरता देखाइरहेका छन् । 

राजावादीको सक्रियतापछि गणतन्त्रवादी दल तथा सक्तिहरुले पनि थ्रेट दिन थालेका छन् । वंशीय शासनको पुरावृत्ति सम्भव नभएको भनिरहेको सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले होस वा प्रतिपक्षी माओवादी केन्द्र नै, उनीहरुले गणतन्त्रको रक्षामा दृढ उभिने भनिरहेका छन । कांग्रेसले पनि गणतन्त्रको विकल्प नभएको भनिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टीेका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था पुनःस्थापनाका लागि तयार नभए सडकमा आन्दोलन थप चर्काे बनाउने चेतावानी दिइरहेका छन् । 

गणतन्त्र दिवसकै दिनमा राजावादीहरुले राजसंस्थाको मुद्धा उठाउँदै अनिश्चितकालिन आन्दोलन अगाडि बढाए पछि एमालेले सडकमा गणतन्त्रलाई उत्सवकै रुपमा मनाएको थियो । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले जन्मदै श्रेष्ठता हासिल हुने राजतन्त्र अब पुनः स्थापना हुन नसक्ने भन्दै चेतावनी दिन थालेका छन् । 

सडकमै राजसंस्थाको माग राख्दै आन्दोलनमा राजावादीहरु उत्रिदाँ त्यसले द्वन्द्व निम्तिन सक्ने खतरा बढाएको छ । विकास र सुशासनको मुद्धामा केन्द्रित रहेर देशलाई समृिद्धको बाटोतर्फ अगाडि डो¥याउनु पर्ने बेला मुलुकमा व्यवस्था परिवर्तनको बहस सिर्जना हुनु र नागरिकलाई गणतन्त्रमा विश्वास दिलाउन नसक्नुमा राजनीतिक नेतृत्वमाथि समेत प्रश्न उठिरहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update