
काठमाडौं । राजावादी शक्ति, दल र समूह काठमाडौंमा राजसंस्था फर्काउने भन्दै आन्दोलनमा होमिएका छन् । गणतन्त्र दिवसको दिनदेखि आन्दोलन घोषणा गरेर सडकमा ओर्लिएका राजावादी शक्तिहरुले प्रदर्शन र चेतावनी दिदै गर्दा माओवादी केन्द्र आक्राम देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादी प्रदर्शनलाई जम्मा पारेको पैसा खर्च गर्ने मेलोको रुपमा अथ्र्याएका छन् ।
राजा ल्याउने भन्दै सडक अशान्त बनिरहेको छ । सर्वसाधारणले सास्ती खपिरहेका छन्। सडकभर आन्दोलन, प्रदर्शन, बाक्लो संख्याका सुरक्षाकर्मी लगायतले मानिसमा त्रास फैलाएको छ । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी भनिरहेको छ, सरकार डराएर निषेधाज्ञा जारी ग¥यो । आन्दोलनले लय समातेको छ ।
लिङ्देनमात्रै नभई राजावादी आन्दोलनमा देखिने अनुहारले भनिरहेका छन, राजा आउन निर्णायक धक्का दिने काम अन्तिम चरणमा पुगिसक्यो । तर, राजाहरुको इतिहास र उनीहरुको कर्मबारेका टिप्पणी भने असाध्यै निर्मम हुने गरेका छन् ।
प्रचण्ड पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध निर्मम पेश हुने गरेका छन् । राजा फर्काउने विषयलाई कालरात्री भनेका प्रचण्डले आफ्ना सन्तानलाई समेत जानकारी गराउनुपर्नेमा जोड दिने गरेका छन् ।
यसरी पुर्वराजामाथि पेश हुने गरेका प्रचण्ड पछिल्लो समय काठमाडौंमा चलिरहेको आन्दोलनलाई भाडाका मान्छेहरु सडकमा आएको भनेका छन् ।
गणतन्त्र मओवादी युद्धकै कारण आएको र यसको लिगेसी समेत आफूमै रहेको प्रचण्डले दाबी गर्ने गरेका छन् । उसोतः माओवादी युद्धले गणतन्त्रको स्थापना र राजतन्त्रको अन्त्यको आधार भने तयार पारेको सबैले स्वीकार गर्दै आएका छन् । गणतन्त्रविरुद्धका प्रश्नहरुमा अहिले गणतन्त्र पक्षधरहरुले अनेक विषयमा तानातान गरिरहेका छन् । यता, गणतन्त्रको रक्षा र यसको संबद्र्धन गरिने भन्दै दलहरुले आफ्नै दाबी दोहो¥याइरहेका छन् । यद्यपी माओवादीले पनि गणतन्त्रको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने जिकिर गर्दै भनिरहेको छ, गणतन्त्रको पकष्मा माओवादी दृढताका साथ लाग्छ ।