
काठमाडौं । पृथ्वीपथको वकालत गर्दै प्रजातन्त्रको पक्षमा बोलेका पुर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री केपी ओलीले जवाफ फर्काएका छन् । पृथ्वीपथले काटमारबाहेक केहि नगर्ने जिकिर गरेका ओलीले मेलमिलाप र सहअस्थित्वको वकालत गरिरहेका छन् । यता, एमालेले पनि राष्ट्रिय शक्ति बन्ने दाबी गर्दै सबैखाले पर्हारलाई परास्त गर्ने भनिरहेको छ ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको सार्वजनिक अभिव्यक्तिकोक्रममा भनेका थिए, पृथ्वीपथमा राष्ट्रलाई लैजादै प्रजातन्त्रको रक्षा गर्ने बेला आएको छ । जनताले साथ दिनुप¥यो ।
पूर्वराजाको पक्षमा अहिले सडकमा समेत आन्दोलन चलिरहेको छ। सडकबाट पुर्वराजालाई गद्दीमा फर्काउने भन्दै आन्दोलन प्रदर्शन चलिरहेको बेला एमालेले भने पृथ्वीपथ कारमारको विषय भएको जिकिर गरेको छ । एकीकरण एकठाउँमा रहेपनि पृथ्वीपथलाई लल्कार्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले पृथ्वीनारायण शाहले संविधान भन्ने शब्द सुनेका थिए भन्दै प्रश्न गरेका छन् ।
ओलीले पृथ्वीपथ भन्ने कुराले नेपाललाई धेरै टाढा लैजान नसक्ने भन्दै जनताको बहुदलीय जनवादको चर्को वकालत गरेका छन् । ओलीले जबजको माध्यमबाट अब एमालेलाई मिसन ०८४ मा बहुमत ल्याउन कसैले रोक्न नसक्ने समेत दाबी गरेका छन् । एमालेको उद्देश्यमाथिका टिप्पणीमा कस्सिएका ओलीले आफू एमालेको झोले हो भन्दै कड्किए । उनले आफु एमाले, देश र जनताको झोले भएको जिकिर गरे ।
एमालेमाथि अके आक्रमण चलिरहेको दाबी गर्दे ओलीले अब नेपाललाई बनाउने कुरामा अघि बढेको दाबी गरे । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने एमालेमाथि चौतर्फी हमला भइरहेको भन्दै यसतर्फ ध्यान केन्द्रित गर्न खोजेका थिए ।
एमालेभित्र यस्ता विषयमा चर्चाचर्की नै चलिरहेका छन् । गणतन्त्रको विकल्प खोज्न भनम्दै सडकमा प्रदर्शन र आन्दोलन चलिरहेका छन् । सडकमा आन्दोलन चल्दे गर्दा यसप्रति समेत एमाले सचेत रहेको भनिरहेको छ । तर, प्रधानमन्त्री केपी ओलीले गरेको पृथ्वीपथबारेको टिप्पणीले कस्तो माहोल सिर्जना गर्ला भन्ने विषय भने चासोमा रहेको छ । इतिहासमाथिको टिप्पणीले कतै विवाद सिर्जना गर्ने त होइन भअन्ने कुरा समेत सतहमा देखिन्छन् ।